ताप्लेजुङको मुकुम्लुङमा गोलि चलाउदा ५ जना घाइते,स्थानीय भन्छ अझै पनि प्रहरीले लखेटिरहेको छ (फोनवार्ता)

ताप्लेजुङ । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार बनाउन नदिने संघर्षरतपक्षमाथी प्रहरीले २० राउन्ड बढी गोलि चलाउदा एकजना घाइते भएको छ ।

शनिबार करिब दिनको ४ बजे राज्यपक्षबाट ढकाल कम्पनिको पक्ष लिइ स्थानीयमाथी गोलि चलाएको कुरा मुकुम्लुङ बचाओ संघर्ष समितिको संयोजक श्री लिङ्खिमले जानकारी दिए । उनले आन्दोलनरत पक्ष पम्प्लेट बनाईरहेकोबेला खाना खाने स्थानमा प्रहरीले ज्यादती गरेको दाबी गरे । उनले प्रहरीमाथी जाईनलागेको अवस्था पनि प्रहरीले ज्यादती गरेको आरोप लगाए ।

प्रहरीले चलाएको गोलिले एकजनाको काँधमाथिबाट गोलि लागेर गएको जानकारी दिए । पछिल्लो प्राप्त जानकारी अनुसार घाइते हुनेको संख्या पाँच जना पुगेको जानकारी छ । प्रहरीले स्थानीयलाई लखेटिरहेको अहिले पनि आतंकित बनाईरहेको स्थानियले जानकारी दिए ।

ढकाल कम्पनिले सहमति बिपरित केबुलकार निर्माण गर्न जेसिबी लगाउन थालेपछि स्थिति तनाबग्रस्त बन्दै गएको हो । यस अघि शिलान्यास गर्ने भएपछि स्थिति त्नाबसंगै खुकुरी प्रहार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित