धरान । एक चिया पिउ लागु औषध दुर्व्यसनमा फसेका बिपन्न वालबालिकाको उपचारको लागि मनभित्रबाट सहयोग गरौं भन्ने नारा सहित धरानमा एक दिने कार्यक्रम संचालन भएको छ ।
होप धरान, बरगाछी महिला समुह धरान ८,सुनौलो महिला समुह धरान ११, सेराजेम,रिलाएबल इन्स्योरेन्स सहितको संयुक्तरूपमा चिया बिक्री अभियान गरेका थिए । चिया बिक्री अभियानको उद्घाटन मेयर हर्क सामपाङबाट उद्घाटन गरिएको थियो ।
चिया बिक्रि तथा थप उपलब्ध सहयोगबाट संकलन भएको रकमबाट दुर्व्यसनी बिपन्न बालबालिकाको उपचारमा सहयोग गर्ने कुरा होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी दिए ।
चिया पिएर आर्थिक सहयोग गर्नेको उत्तिकै उत्साह थियो । बटुवा,यातायात मजदुर,विभिन्न संघसंस्थामा आबद्ध रहेका ब्यक्तिहरुले चिया किनेर पिइ सहयोग गरेका थिए ।
Discussion about this post