सामुदायिक वन महासंघ संखुवासभाको सातौं अधिवेशनले नयाँ समिति दियो

संखुवासभा । संखुवासभा जिल्लाको सामुदायिक वन उपभोक्ता महासंघको सातौं जिल्ला अधिवेशनले युवा समाजसेवी लक्ष्मी माया अधिकारीको अध्यक्षतामा नयाँ उर्जाशिल समिति चयन भएको छ ।

गत पौष २६ गते खाँदवारिमा सम्पन्न भएको अधिवेशनले अध्यक्ष बाहेक सबै पदका लागि निर्विरोध चयन गरिएका थिए । अध्यक्षमा निर्वाचन नै गर्नुपर्ने अवस्था आएपछि अधिकारीले जित हासिल गर्दै नयाँ समिति चयन भएको कुरा समितिका उपाध्यक्ष रामकुमार लामाले जानकारी दिए । दुईवटा प्यानल नै बनेपछि सुर्य ओझालाई अधिकारीले पराजित गरेका थिए ।

अधिवेशन केन्द्रिय महासचिव पार्वता गौतमको प्रमुख आतिथ्यमा भएका थिए । उनले विश्वब्यापी रुपम जलवायु परिवर्तन भौरहेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघको भुमिका महत्त्वपूर्ण रहने बताए । गौतमले जलवायु न्यूनीकरणका लागि सामुदायिक स्तरबाट जनचेतना जगाउन आवस्यक रहेको उद्घाटन सत्रमा बताएका थिए ।

अधिवेशनले १७ सदस्यीय नयाँ समिति चयन गरिका थिए :
१. अध्यक्ष लक्ष्मी माया अधिकारी
२. उपाध्यक्ष राम कुमार लामा (भोटे)
३. सचिव भरत कार्की
४. कोषध्यक्ष यसोदा मगर
५. सदस्य गोपाल बहादुर खड्का
६. सदस्य रुविमणि कार्की (श्रेष्ठ)
७. सदस्य सूर्य बहादुर ओझा
८. सदस्य छिटीक भोटे
९. सदस्य अम्बर राई
१०. सदस्य तिलक बहादुर गुरुङ
११. सदस्य सेविका राई
१२. सदस्य जिवन सुन्दास
१३. सदस्य कल्पना कार्की (खत्री)
१४. सदस्य सुजता पोखेल
१५. सदस्य भेषराज भण्डारी
१६. सदस्य लक्ष्मी तामाङ
१७. सदस्य कुल बहादुर कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित