काठमाडौ । आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटमा तत्कालीन खानेपानी मन्त्री राजेन्द्र राईले ५ अर्व विनियोजन गरिएको बताएका थिए ।
मन्त्री भएलगत्तै खानेपानी भएका राजेन्द्र राई धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङकै कार्यकक्षमा भेट गरेका थिए । भेटको अवसर खानेपानी मन्त्री राजेन्द्र राईले सप्तकोसीबाट धराअमा पानी ल्याउन भन्दै ५ अर्व विनियोजन गरेको बताएका थिए ।
तर राजेन्द्र राई मन्त्री पदबाट हटेसंगै धरानको लागि भनिएको जस्तो बजेट विनियोजन नभएको कुरा मेयर साम्पाङले बताए । ५ अर्व भनिएको ठाउँमा २५ लाख रुपैया मात्र बिनियोजन भएको बताए ।
विकास सबैलाई बराबर हुनुपर्ने भन्दै मेयर साम्पाङले स्वतन्त्र जितेको भनेर लाखापाखा व्यावहार गर्न नहुने जिकिर छ । सवतन्त्रले जितेको भनेर हेपिएको र भेदभाव गरेको आरोप छ । आफू खानेपानीको एजेन्डा बोकेर नै मेयर भएको भन्दै स्थानीय स्रोत सबै व्यावस्थापन गरेर ८० प्रतिशत खानेपानी समस्या समाधान गरेको दाबी छ ।
धरानको खानेपानी समस्या समाधानको एक मात्र विकल्प सप्तकोसीको पानी ल्याउन रहेको भन्दै जस्को लागि ठूलो लगानी आवस्यक रहेको मेयर साम्पाङले बताए । तर भनिएजस्तो बजेट नदिएको भन्दै धरानबाट गाग्री बोकेर माघ ७ गते संघीय सरकारको मन्त्रालय पुगेका हुन । काठमाडौ जानुअघि धरानको भानुचोकमा रित्तो गाग्री प्रदर्शन गरेका थिए ।
उनी गाग्री बोकेर धरानबाट काठमाडौ पुग्दा अधिक संख्यामा मिडियाकर्मी तथा समर्थकको उपस्थिति थिए । मेयर साम्पाङले माघ ८ गते रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने बताएका छन् । (तस्बिर साभार harka sampang a revolution )
Discussion about this post