मेयर हर्क साम्पाङ विरुद्ध अख्तियारमा उजुरी,पिचृक पिचृक मुद्दा लाको लाकै लाको लाकै ….भन्दै दिए जवाफ

धरान । मेयर हर्क साम्पाङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा मुद्दा परेको पत्र आएपछि लिखित जवाफ दिएको छ ।

जवाफमा २०८१-९-२१ गते परेको उजुरी अनुसार सोधपुछ गरेको पत्र २०८१-९-२६ गते प्राप्त भएको उल्लेख छ । जवाफमा ऐन विपरीतको काम नगरिएको जिकिर छ । दाताले दिएको आर्थिक सहयोगमा सबै पार्क बनाएको दाबी गरिएको छ ।

पारुहाङ र सुम्निमाको प्रतिमा बनाउने कार्य निकट भविष्यमा शुरु हुने भन्दै त्यसमा पनि सरकारी पैसा नलाग्ने स्पष्ट पारिएको छ । जग्गा समेत नीजि जग्गा किनेर बनाउने हो भन्दै राज्यको कोष प्रयोग नगरिने भएको हुँदा सार्वजनिक ऐनको कुरा आकर्षित हुँदैन यहाँ। काम शुरु भएको छैन। भए पछि हेर्न आउँदा हुन्छ सबै भनेर लिखित जवाफ दिएको छ ।

कोखा खानेपानी आयोजनाको बारे जवाफ लेख्दै धरानमा ५६ करोड ऋण बोकाएर ADB को आयोजनाले पानी खुवाउन सकेन आयोजना फेल भयो भनेर छानबीन गरिपाऊँ भनी मैले नै अभियान्ता हुँदा उजुरी लगाएँ उल्लेख छ । तर अख्तियारले सुनेन पत्याएन। कोकाहाको खानेपानी ल्याउँदा संसार चकित भएर World Book of Records ने सम्मान गर्यो। विदेशीले हाम्रो हुनर चिन्यो तर नेपाल सरकार र यसका अंग अख्तियारले मलाई मुद्दा लाको लाकै लाको लाकै लाको ला… लाको लाकै गर्छ। छक्क पर्छ उल्लेख छ ।

लिखित जवाफको पुर्ण पाठ
श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरी, सुनसरी।

विषयः खुलाई पठाइएको सम्बन्धना।

मिति २०८१-९-२१ गते परेको उजुरी अनुसार सोधपुछ गरेको पत्र आज २०८१-९-२६ गते प्राप्त भयो। सोधपुछको लागि धन्यबाद । ऐन विपरीत कुनै किसिमको योजना नगरिएको भएको जानकारी गराउँदछु। श्रम संस्कृति पार्क भनेको फोहोर फोहोर रहेको गुहेधारी बगरलाई फूलैफूल र बिरुवाले भरिएर फलफूल फुलाइएको फलाइएको बगैंचाको रुपमा परिणत गरिएको पार्क हो। देशभरका श्रमदाताहरुले पसिना बगाएर विरुवा रोपेर, ढुङ्गा बोकेर, वर्षों सम्म श्रमदान गरेर बनाइएको पार्क हो। जहाँ युके, हङ्कङ, अमेरिका लगायतका देशहरुमा रगत पसिना बगाएर जीऊ पाल्न बाध्य भएका नेपालीहरुले अरु कसैले वाध्य नबनाई स्वइच्छाले दान गरेर आफ्नो पितृको नाममा फलैचाहरु निर्माण गरिदिएका छन। अहिले सबैको मन तान्न सफल श्रम संस्कृति पार्कले काम गर्नु पर्छ। हावामा हल्लेर हिँड्नु हुँदैन । काम गरे बजेट बिनै पनि पार्कहरु निर्माण गरी देश बिकासमा योगदान दिन सकिन्छ भन्ने संदेश दिएको छ। भाषणवीर नेताहरुलाई पनि । यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र श्रमदान अनि योगदानको इतिहास हो । बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु । जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन्। सरकारी पैसा प्रयोग भए‌को छैन । दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न। नेताहरुले विदेश भ्रमणमा कति खाए कार्यकतलि सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यस तर्फ ध्यान दिनु उचित हुन्छ ।

पारुहाङ र सुम्निमाको प्रतिमा बनाउने कार्य निकट भविष्यमा शुरु हुनेछ। नेपालीहरुको प्राचीन सभ्यता, किराँतहरुको आदिम पुर्खाको प्रतिमा सहितको साँस्कृतिक सम्पदा निर्माण गरिछाड्ने हाम्रो अठोट छ। यसमा पनि एक पैसा पनि सरकारी बजेट प्रयोग भए‌को छैन । जग्गा समेत नीजि जग्गा किनेर बनाउने हो। यो हाम्रो आस्था सङ्ग पनि जोडिएको विषय भएकोले समुदाय र जनताले आफैले तागत जोहो गर्नेछन्। राज्यको कोष प्रयोग नगरिने भएको हुँदा सार्वजनिक ऐनको कुरा आकर्षित हुँदैन यहाँ। काम शुरु भएको छैन। भए पछि हेर्न आउँदा हुन्छ सबै। पशुपतिनाथ कसरी निर्माण भयो भन्ने कुरा अख्तियारले खोज्न पाउला नपाउला थाहा भएन तर राज्यको एक पैसा पनि नलिई सुम्निमा पारुहाङको मूर्ती बनाउन लाग्छ राज्यले सम्मान गरोस् मलाई र हाम्लाई ।

रह्यो कुरा कोकाहा खानेपानी आयोजनाको । धरानमा ५६ करोड ऋण बोकाएर ADB को आयोजनाले पानी खुवाउन सकेन आयोजना फेल भयो भनेर छानबीन गरिपाऊँ भनी मैले नै अभियान्ता हुँदा उजुरी लगाएँ। अख्तियारले सुनेन पत्याएन। अब आएर धरानमा पानीको दुःख नहोस भनेर निर्वाचित भए देखिनै खोला खोली जोडेर धरानेलाई पानी खुवाएको छु। त्यो देखि नसहेर खोइ कस्ले बारम्बर पिचृक पिचृक उजुरी हालिरहन्छ। श्रमदानबाट ल्याइए‌को पानी हो। पानी थप्ने भएकोले पानीको नियमानुसार गरिए‌को छ ।

कोकाहाको खानेपानी ल्याउँदा संसार चकित भएर World Book of Records ने सम्मान गर्यो। विदेशीले हाम्रो हुनर चिन्यो तर नेपाल सरकार र यसका अंग अख्तियारले मलाई मुद्दा लाको लाकै लाको लाकै लाको ला… लाको लाकै गर्छु। छक्क पर्छ। यो देशमा राम्रो काम गर्नेलाई किन खेदेको ? विकास गर्नु अपराध हो त? श्रमदान गर्नु र श्रमदान बाट विकास गर्नु अपराध हो त ?ठेकै लाउनु पर्ने ? ठेकेदारलाइ पोषाउनै पर्ने हो त ? जनतालाई श्रमदान गराएर कत्रो कत्रो काम गरिएको छ। यो किन देखि नसहेको ? मैले बुझिनँ । राज्यकोषबाट खर्च गरिए‌को छैन्। पानीको हकमा नगरको खानेपानी में जोड्दै गरिएको हुँदा नियमानुसार हुन्छ। विश्व चकित पार्ने श्रम क्रान्तिका नायकलाई राष्ट्रले सम्मान गर्नु पर्छ। यसरी पिचृक पिचृक मुद्दा र उजुरी हाल्नु हुन्न । राज्यकोषको अरबौ खरबौ रकम दुरुपयोग र हिनामिना हुँदा मौन रहने अख्तियारले जनता स्वस्फुर्त आएर गर्ने श्रमदान र जनता आफैले स्वईच्छाले आर्थिक सहयोग गरी गर्न लागेको श्रमदानका योजनाहरु पछि लागेको देख्दा अचम्म लाग्छ। धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित