सुनसरी फोनिजको पाँचौ जिल्ला अधिवेशन,अध्यक्षमा सुनिल चौधरी निर्वाचित

धनराज राई
सुनसरी । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को पाँचौ जिल्ला अधिवेशन सम्पन्न भै सुनिल चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ ।

पौष २५ गते सुनसरीको इटहरीमा शुरु भएको अधिवेशनमा अध्यक्ष पदका लागि बिना तामाङ,सुनिल चौधरी र भोला श्रेष्ठबिच दाबेदारी भएपछि सर्वसम्मत रुपमा चयन हुन सकेन । यस विषयलाई लिएर नेवा समुदायको पत्रकार संगठन नेवा पत्रकार राष्ट्रिय दबुले महासंघबाट नै आवद्धता अलग हुने चेतावनी दिदै बिज्ञप्ति जारी गरेका थिए । दबुले बिगतमा भएको अभ्यासलाई लत्याउन खोजेको र एकै जातिले पटकपटक नेतृत्व लिन खोजेको आरोप लगाएका थिए ।

यहि विषयलाई लिएर पुर्व फोनिज अध्यक्ष धिरेन्द्र चौधरी तामाङ पत्रकार अध्यक्ष बिना तामाङ र दबु पत्रकार अध्यक्ष मोहन श्रेष्ठले संयुक्त रुपमा एकल जातिले पटकपटक नेतृत्व गर्न खोजीएको अल्पसंख्यक समुदायलाई नेतृत्व अनि क्षमता विकासमा अघि बढ्न नदिएको आरोप लगाउदै फोनिजको उदेश्य अनुसार अघि बढ्न माग गर्दै बिज्ञप्ति जारी गरेका थिए ।

२५ गते सहमति नभएपछि २६ गते चौधरी र श्रेष्ठ बिच चुनाबी प्रक्रियामा गएका थिए । फोनिजको अध्यावधिक सदस्य सहित कुल ११४ जना मतदाता रहेका छन । २६ गते चुनाब हुँदा उपस्थित ४९ मत मात्र खसेका थिए । त्यस मध्ये सुनिल चौधरीले ४६ मत ल्याएर निर्वाचित भएका थिए । अध्यक्षका प्रत्यासी दबु पत्रकारका उम्मेदवार भोला श्रेष्ठले २ मत ल्याएका थिए । एक मत बदर भएको कुरा फोनिज निर्वाचन संयोजक सन्तबिर लामाले घोषणा जानकारी दिएका थिए ।


फोनिज सुनसरीका नयाँ कार्यसमिति
अध्यक्ष – सुनिल चौधरी
उपाध्यक्ष – हिमाल राई
सचीव – प्रमिला राई
सहसचिव – रश्मि प्रधान
कोषाध्यक्ष – स्वर्णिम राई
संस्थागत सदस्य – बुद्धहाङ लिम्बू
संस्थागत सदस्य – सचिन राई
महिला सदस्य – स्मारिका राई
महिला सदस्य – टिना चोङ्बाङ
अल्पसंख्यक सदस्य – कमानसिंह याम्फु
खुल्ला सदस्य – शैलेन्द्र चौधरी
खुल्ला सदस्य – धनराज राई
खुल्ला सदस्य – सरिता चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित