धरान एक्स्पो उपप्रधानमन्त्री प्रकाशमान सिहबाट उद्घाटन

धरान । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि माघ ५ गतेसम्म हुने धरान एक्स्पो उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको छ ।

प्रदेश १ को पर्यटन वर्ष २०८२ लाई सफल बनाउने उदेश्य सहितको एक्स्पो आयोजना गरिएको कुरा सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ । एक्स्पोमा स्थानीय तथा घरेलु उत्पादनका स्टलहरू, पाकिस्तान र बङ्‌गलादेशका छाला तथा लेदरका उत्पादनहरू, कम्पनीकै दररेटमा घरायसी उत्पादनहरू, हरेक दिन ख्यातिप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगितिक प्रस्तुति, मनोरञ्जनका लागि रोटेपिङ, ब्रेक डान्स, नाउ सहितको बालउद्यान रहनेछ ।

प्रमुख अतिथि उप–प्रधानमन्त्री सिंहले उद्घाटन गर्दै यस्ता व्यापारिक प्रदर्शनीहरूले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, -“एक्स्पोले स्थानीय उद्योग–व्यवसायलाई बलियो बनाउन र आर्थिक मन्दी चिर्न महत्त्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको छु। यो पहलले समग्र क्षेत्रको आर्थिक गतिविधिलाई पनि गति दिनेछ भन्ने अपेक्षा छ।”

उद्घाटनको अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानलाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले यस्ता मेला र प्रदर्शनीहरूलाई निरन्तरता दिन उपमहानगरपालिकाले सधैं साथ दिने बताए । मेयरले आर्थिक चलायमान बनाउन एक्स्पो मात्र नभई विभिन्न कार्यक्रम गर्नुपर्छ भन्दै जसका लागि स्थानीय सरकारले साथ दिन तयार रहेको बताए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले आर्थिक मन्दीको समयमा यस्ता गतिविधिले उद्योग–व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताए। अध्यक्ष श्रेष्ठले एक्स्पो अर्थतन्त्र चलायमान गराउन आयोजना गरेको बताए । बजारमा माग घटेको, उद्योग क्षेत्र धरमराएको भन्दै एक्स्पोले आर्थिक सुधारमा टेवा पुर्‍याउने बिश्वास लिए ।”

एक्स्पोमा दिउँसोको समयमा विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाएर रोटेपिङ र अन्य मनोरञ्जनात्मक खेलमा विशेष छुट पाउनेछन्। साँझ ५ बजेपछि प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित