धरान उत्सव १२४ औ को अवसरमा श्रमदाताको व्यापक र्‍याली (फोटो / भिडियो सहित)

धरान । १२४ औ धरान स्थापना दिवसको अन्तिम दिन श्रमदाताहरुको ब्यपक र्‍याली गरिएको छ ।

हर्क साम्पाङ मेयर निर्वाचित भएपछि यस अघि गरिदै आएको श्रमदानलाई थप व्यापक रुपमा प्रबर्द्धन गरेर विकासको नयाँ उर्जा बनेको छ । हर्क साम्पाङ मेयर निर्वाचित भएको लगत्तै चुनावी प्रतिबद्धता अनुसार पकुवा खोलाको पानी ल्याउन पाईप तानेका थिए । त्यसको सफलतापछी सर्दु खर्दु निशानेमा हानिएका थिए । सर्दु खर्दुबाट विश्वब्यापी रुपमा खानेपानीको लागि आर्थिक सहयोग भएपछि कोखा खोलाको पानी श्रमदान आर्थिक सहयोगबाट सफलता आएपछि विश्व रेकर्ड नै कायम गरेको छ ।

अहिले पुनः कोखा खोलाबाट दोस्रो प्रोजेक्टको रुपमा पाईप तानिरहेको छ । त्यसैगरी श्रमसानबाट नै श्रम संस्कृति पार्क सुम्निमा पारुहाङ प्रतिमा निर्माण साबुन फ्याक्ट्री बेसार फ्याक्ट्री सहित वडा नम्बर ११ को ड्रेन वडा नम्बर ८ को ग्याबिन लगायत सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित