परम राई
धरान,पौष २३ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको पहिलो साधारण सभा लेखा परिक्षण प्रतिवेदनको केहि शिर्षकहरुमा अन्योलता भएकोले सभा स्थगित भएको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस अन्तरगत रहेको महेन्द्र बहुमुखी क्याम्पस धरानको स्वतन्त्र विद्यार्थी युनियनलाई लेखा परिक्षण प्रतिवेदन तयार गर्न निर्देशन दिए बमोजिम स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानले पहिलो लेखा परिक्षण गरेको हो ।
सो साधारण सभामा पेश गरिएको लेखा परिक्षण प्रतिवेदनको विभिन्न शिर्षकहरुमा स्पष्ट पार्दै जादा सम्पति सम्बन्धि विवरण र पेस्कि फर्स्योट सम्बन्धि शिर्षकमा अन्योल्ता आएपछि सभा स्थगित भएको हो । सम्पुर्ण आय व्यय विवरणहरु सहि भएको तर पहिलो साधारण सभा भएको कारणले उक्त शिर्षकहरुमा अन्योल भएको महेन्द्र बहुमुखी क्याम्पसको वर्तमान स्ववियु अध्यक्ष युवराज राई (अलौकिक) ले बताए । तर सभा स्थगित भए लगतै लेखा परिक्षक शेसु प्रसाद गुरागाईंसँग भेटि अन्योल्ता दुर गरिसकेको अध्यक्ष राईले बताए ।
अध्यक्ष राईका अनुसार स्ववियुले अडिट गर्ने प्रावधान नभएको तर आर्थिक अनियमितता भएको भन्दै विद्यार्थी कल्याण तथा खेलकुद विभागमा उजुरी परेपछि अडिट गर्नु परेको बताए ।
सभामा प्रस्तुत प्रतिवेदन अनुसार स्ववियु निर्वाचन देखि २०८१ असार मसान्तसम्ममा स्ववियुले १६ लाख ४९ हजार १९५ रुपैयाँ खर्च गरेको छ । जसमा आ.व. २०७९/८० मा ५ लाख ५ हजार ९५० रुपैयाँ त्यसै गरी आ.व. २०८०/८१ मा ११ लाख ४३ हजार २४५ रुपैयाँ खर्च गरेको छ ।
अबको दोस्रो चरणको साधारण सभा आगामी पौष २५ गते विहिबारका दिन हुने अध्यक्ष राईले बताए । सो दिन आज अन्योल भएको विषय बस्तुहरुलाई स्पष्ट पार्ने, सल्लाह सुझाव संकलन गर्ने र प्रस्तावित विषयहरुलाई अनुमोदन गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिए ।
साधारण सभामा स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरु, विद्यार्थी संगठनहरु समाजवादी विद्यार्थी युनियन, नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन नेपाल, राष्ट्रिय साझा विद्यार्थी संठन, खम्बुवान विद्यार्थी र महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरु उपस्थित भएका थिए ।
Discussion about this post