ताप्लेजुङ । मुकुम्लुङमा केबुलकार बनाउन रोक्न गएको आरोपमा पक्राउ भएका जनम ईदिङ्ङ्गो, सञ्जोग नुगो र सुशिल नुगो २१ गते यातायात बन्द सहितको आम हड्तालपछि रिहाई भएको छ । पौष १७ गते पक्राउ परेका थिए । २० गतेसम्म रिहाई नगरे यातायात बन्द गर्ने तेति हुँदा पनि रिहाई नगरे प्रदेश १ नै आम हड्ताल गर्ने चेतावनी सहित २१ गते बन्द गरेका थिए । बन्द गरेको बेलुकी ३ जनालाई रिहाई गरिएको छ ।
प्रेस बक्तव्य
मिति : २०८१/०९/२१
अनिश्चितकालीन यातायात बन्द स्थगन र मुक्कुम्लुङ संरक्षणको आन्दोलन यथावत
मुक्कुम्लुङमा सैनिकिकरण बिरुद्ध र केबलकार खारेजीको साथै पक्राउ गरिएका ३ जना जनम ईदिङ्ङ्गो, सञ्जोग नुगो र सुशिल नुगोलाई विनासर्त रिहाईको लागी मेची राजमार्ग र तमोर करिडोर अनिश्चितकालीन बन्द गरिएको कुरा सर्वविदितै छ। यातायात व्यवसायी, मजदुर र समग्र जनताको सहयोगमा भएको बन्द आन्दोलनको दवावमा हाम्रा ३ जना मुक्कुमलुङ संरक्षणकर्ताहरू आज बेलुकी रिहाई भएको सबैमा जानकारी गराउन चाहन्छौ। यसर्थ, हाम्रो आन्दोलनका अरु कार्यक्रमहरू जारी राख्दै हाललाई मेची राजमार्ग र तम्मर करिडोरमा अनिश्चितकालीन यातायात बन्दलाई स्थगन गरी बन्द आन्दोलनको स्वरुप परिवर्तन गरिएको जानकारी गराउदछौ। यस बन्दलाई सफल बनाउन सहयोग गर्ने यातायात व्यवसायी, मजदुर, तथा व्यापारी व्यवसायी लगालत आम जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छौ।
पक्राउमा परेका हाम्रा साथीहरूलाई प्रहरी र भिजिलान्तेहरूले हदैसम्मको कुटपिट गरी शारीरिक यातना दिएको उहाँहरूको रिहाईपछि थाहा भएको छ। यसैले आगामी २०८१ माघ १० गते सम्ममा पक्राउ परेका साथीहरूलाई शारीरिक यातना दिने भिजिलान्ते र प्रहरीहरूलाई सरकारले कार्वाही नगरे, २०८१ कार्तिक २३ गते मुक्कुम्लुङ क्षेत्र नाम्जाङगे (तल्लो फेदी) मा मानिस काटी आतङ्क फैलाउने भिजिलान्तेसहितका अपराधीहरूलाई जाहेरी अनुसार कार्वाही नभएमा, मुक्कुम्लुङमा सैनिकीकरण रोकी प्रहरीहरू फिर्ता नगरे र केबलकार खारेजी नगरेको अवस्थामा कडा आन्दोलनको कार्यक्रमहरू गर्ने मुक्कुम्लुङ संरक्षणमा संलग्न संघ संस्थाहरूले निर्णय गरेका छौ । उक्त कार्यक्रमहरूलाई पनि साथ सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौ।
Discussion about this post