धरान। किरात समुदायले मान्दै आएको सम्बत यलम्बर सम्बत ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले साता व्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रम बारे यायोक्खाले आफ्नै भवन धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । जस अनुसार पौष २५ देखि माघ २ गतेसम्म कार्यक्रम हुनेछ । कार्यक्रमहरुमा छेलो हान्ने प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, महिला फुटबल प्रतियोगितासँगै हाङ एलेम्बरको प्रतिमामा दिप प्रज्वलन, ८५ वटाा बेलुनसहित सुम्निमा पारुहाङ अंकित लोगो र यायोख्खाको गौरवशाली झण्डा उडाउने कार्यक्रममा रहेका छन् ।
पछिल्लो समयमा नेपाल सम्बत सरकारी कामकाजिको रुपमा मान्यता पाएको छ । नेपालमा अहिले बिक्रम सम्बत,इस्वि सम्बत,मन्जुश्री सम्बत लगायत प्रचलनमा छन ।
Discussion about this post