१२४ औ धरान उत्सव लगातार पाँच दिनसम्म संचालन हुंदै

धरान ।१२४ औ धरान स्थापना दिवस पौष २० गतेदेखि शनिबारदेखि ‘धरान उत्सव’ सुरु भएको छ । झाँकी र्‍याली सहित धरानमा रहेका विभिन्न संघसंस्था अभिवाक विद्यार्थी लगायतका ठूलो जमातको सहभागी सहित धरान १६ रंगशाला नजिक पुगेर उद्घाटन गरिएको थियो ।

२० गते तामझाम र्‍याली सहितको उत्सवको उद्घाटन ज्येष्ठ नागरिक ८७ वर्षीय काजीमान गुरुङले गरे । उनी हर्क साम्पाङ मेयर भएदेखी निरन्तर श्रमदानमा लागेका ब्यक्ती हुन ।

उत्सवको अध्यक्षता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेका थिए । कार्यक्रममा प्रदेश १ का साम्सद रमेश बस्नेत पुर्व प्रदेश प्रमुख गोनिन्द तुम्बाहाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सांसद राजनितीक दलको प्रतिनिधिले धरानको विकास निर्माणका कुरा उठान गरेपछि मेयर साङ्पाङले समापनसंगै उत्तर दिएका थिए । साङ्पाङले ३० वर्षसम्म नभएका नगरेका काम अढाई वर्षमा भएको दाबी गरे । धरान विकास भएको र भएको भन्ने दुई थरी भएको भन्दै त्यो विकास अङ्ग्रेजी अंकको 6 जस्तै भएको बताए । अङ्ग्रेजी अंकलाई आफुले छ देखिने उताबाट हेर्दा नौ देखिने आफुले नौ देख्दा उताबाट हेर्नेले छ देखिने अवस्थाको रहेको दाबि गरे ।

प्रदेश सरकार र केन्द्र सरकारले बजेट दिएर सहयोग गर्नुपर्ने भन्दै त्यसको आशमा बसेर मात्र रहन नसक्ने बताए । विकास बिकास भनेर मन्द गतिमा नभै क्रान्तिकारी विकास हुनुपर्ने बताए । अहिलेको अवस्थामा राजनीतिक दल काङ्ग्रेस एमालेसंग प्रतिस्पर्धा नभै चीनसँग हुनुपर्ने बताए ।

१२४ औ स्थापना दिवसको अवसरमा
विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकालाई सम्मान गरिएको थियो। श्रमदाता उत्कृष्ट करदाता लगायतलाई सम्मान गरिएका थिए ।

२० गतेदेखि २४ गतेसम्म चल्ने उत्सवमा पुष २१ गते बिहान ८ बजेदेखि साइक्लिङ हुनेछ । दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन – १ र साहित्यिक कार्यक्रम पनि हुनेछ । पुष २२ गते पनि इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र लोक जुहारी कार्यक्रम हुनेछ । पुष २३ गते बिहान वाकाथुन हुनेछ । सोही दिन दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन – १, डोरि तान र छेलो हान्ने प्रतियोगिता आयोजना हुनेछ ।
दिवसको अन्तिम दिन पुष २४ गते बिहान श्रमदाता र्‍याली हुनेछ । दिउँसो साँस्कृतिक झाँकी प्रस्तुती, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम हुनेछ । प्रत्येक दिन साँझ ५ बजेदेखि राती १० बजेसम्म सांगीतिक तथा साँस्कृतिक कार्यक्रम रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित