परिचय :
`शैक्षिक, स्वास्थ्य, पर्यटन, सांस्कृतिक पूर्वाधार युक्त सहर धरान’लोगोमा रहेको नारा धरान उपमहानगरपालिका हो ।
धरान उपमहानगर नेपालको प्रदेश १ सुनसरी जिल्लाको एक स्थानीय सरकार हो । यहाँ नेपालमा रहेका विभिन्न जातजाति मध्ये अन्य स्थानीय तह निकायमा भन्दा बढि जातजातिहरु बसोबास गर्दै आईरहेका छन । यहाँ नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध रहेका जातजातिसंगै त्यस भन्दा बाहिर रहेका जातजाति समुदायको बसोबास छन ।
धरान कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त नगरको रुपमा परिचित हुँदै गएको छ । शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहर धरान नेपालकै नमुना सहर बन्ने क्रममा छ।
धरान महाभारत पर्वत शृङ्खलाको छेउमा अवस्थित छ एवम् उत्तरको पहाड र दक्षिणको तराई आएर मिलेको ठाँउ हो। यसको उचाई समुन्द्र ११४८ फिट (३४९ मी.) छ।
धरान स्थापना भएको अवसरमा २०८१ सालमा १२४ औं स्थापना दिवस मनाईरहेको छ ।
पारमणिक आधार
धरान स्थापना भएको अवसरमा २०८१ सालमा १२४ औं स्थापना दिवस मनाईरहेको छ । बस्ति बसेको आधारमा भन्दै गणना गर्दा लगभग सन १९०० तिरबाट धरान बस्ति बस्न थालेको बुझिन्छ । त्यसको लगभ ५० वर्षपछि गोर्खा सैनिक भर्ती केन्द्र १९५३ मा भएको थियो । बृटिसले भर्ती केन्द्रको रुपमा रहेको घोपा क्याम्प नै हालको आधुनिक बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा भारत सरकारको सहयोगमा निर्माण भएको हो । भर्ति केन्द्रको भवन बिगत सन १९९३ देखि नेपाल सरकारको मातहतमा छ ।
बि.स. १९५०( सन १८९३ ) तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरुवात भएको धरान बसोबास । वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर चन्द्रपुर भनेर चिनिने पुरानो बजार र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँबजार बसालेको इतिहासमा पाइन्छ ।
त्यसपछि बि.स. २०१७ सालमा धरान नगरपालिका घोषित भएको थियो । वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत धरान घोषित भएको थियो । पहिले ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएको थियो ।
नेपाल सरकारको मन्त्री परिषदले २०७१ वैशाख २५ गते धरान नगर पालिकामा पाँचकन्या गा.वि.स. (पानमारा,पानबारी)लाई समावेश गरेको एवं २०७१, मंगसीर १६ गते ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा धरानलाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरिएको हो। धरानलाई उपमहानगरपालिका घोषित गर्दा यसमा बिष्णुपादुका गा.वि.स.लाई समावेश गरिएको छ ।
स्थानीय बुद्धिजीवी राजेन्द्र रिमाल भन्छ,- `स्थापना वर्ष भनेको आधुनिक धरानको मात्र हो, धरानको त्यो भन्दा पुरानो इतिहास छ । रिमालको किटानि दाबि छ,पिण्डेश्वरको गजुर नै करीब ५ सय वर्ष पुरानो हो । त्यहाँ भएको घण्टी नै २ सय वर्ष अघि चढाईएको हो । यस हिसाबले रिमालको भनाइलाई आधार मान्दा धरान सन १५२३ (बि. स. १५८०)तिर जान सकिन्छ । यस हिसाबले जुद्द शमशेरले बस्ति बिस्तार गरेको भन्ने मात्र देखिन्छ ।
रिमाल भन्छ`२०५५ साल मै हो धरान दिवसको घोषणा गरिएको । त्यो बेला शहरको नाममा उत्सव महोत्सव गर्ने चलन बसिसकेको थिएन । उहाँ भन्नुहुन्छ -`त्यही बेला मैले मेयर मनोज मेयाङबोसमक्ष धरान महोत्सवको प्रस्ताव गरेको थिएँ । उहाँले तुरुन्तै एउटा सर्वपक्षीय भेला बोलाउनु भयो र त्यहीँ मैले धरान महोत्सवको परिकल्पना सार्वजनिक गरेको थिएँ ।´रिमालका अनुसार त्यो अमुर्त सोचलाई मुर्तता दिन सहज थिएन । त्यसको लागि दार्जिलिङको चिया महोत्सवदेखि ब्राजिलको साम्बा कार्निभलसम्मको अध्ययन गरी धरान महोत्सवको परिकल्पना तयार गरिएको थियो । रिमाल भन्छ आजको जस्तो सजिलो पक्कै थिएन । आज पो गुगलले सबै जानकारी दिन्छ, ऊ बेला त्यस्तो थिएन । त्यो परिकल्पना तयार पार्न मलाई पत्रकार आनन्द श्रेष्ठ र रंगकर्मी सुवास थापाको सहयोग रहेको थियो ।
रिमालका अनुसार शुरुमा सात दिनको महोत्सवको प्रस्ताव गरेको बताउछन् तर, भेलाले ३ दिन मात्र गर्ने निर्णय गरेको थियो । र त्यो महोत्सव मनमोहन अधिकारीले उदघाटन गर्नु भएको थियो ।
रिमालको दाबि अनुसार अहिलेसम्मको महोत्सवहरु मध्ये सबैभन्दा भव्य महोत्सवको रुपमा त्यो महोत्सवलाई चिनिन्छ । त्यही बेला नै हो धरानको २० वर्षे दीर्घकालिन योजना सार्वजनिक गरिएको । रिमाल चिन्तित हुँदै भन्छ यद्यपि त्यो योजना कार्यान्वयन हुन सकेन र आज पर्यन्त धरान योजना, गन्तव्य र लक्ष्य बेगर हिँडिरहेको छ । अनि त घरिघरि दुर्घटना भईरहन्छ ।
अग्रज पत्रकार हर्ष सुब्बाका अनुसार राणाकालको बेला नै वस्ति विकास भएकाले धरानले अहिलेको सुविधा सम्पन्न उपमहानगरको रूप लिएको हो । रुख काटेर लकडी बनाउने आराको धरान थाप्ने पुरानो प्रविधिलाई धरान भनिने र त्यसैबाट धरान सहरको नाम बसेको जनश्रुति पुस्तान्तरले धरानवासीले सुन्दै आएका छन् । आज भन्दा डेढ सय वर्ष अघि सखुवाको जङ्गलको रूपमा रहेका धरानको बन फडानी गरेर तत्कालीन राणा सरकारले भारत लाई रेलको लिक बिछ्याउन लकडी निर्यात गरेपछि धरानमा मानव बसोबासको सम्भावना बढेको थियो ।
त्यस बेला आज भन्दा सवा सय वर्ष अघि राणा सरकारको सुब्बाका रूपमा रत्नप्रसाद श्रेष्ठ धरानमा कार्यरत थिए । बन फडानी भएर आवाद भएको धरानमा बस्ती बसाउनका लागि उनले राणा सरकार समक्ष पहल गरे । परिणाम स्वरूप १९५७ साल देखी धरानमा बसोबास सुरु भएको थियो । त्यस बेलाका भूमिहीनहरू लाई जग्गा दिलाउने कार्यबाट उनले सुरु गरेको धरान बजार बसाउने अभियानको परिणाम स्वरूप धरान अहिलेको अवस्थामा आइपुगेको हो ।
आजको धरान नामले चिनिने शहर त्योबेला बिजयपुर नामले चिनिन्थे । युवा अध्येता हितराम तिल्लिङ भन्छ विजयपुरको बारेमा धेरै विदेशी लेखक तथा इतिहास अध्येताहरूले लेखेका छन् । पुरातत्वविद् शङ्करमान राजवंशीले सङ्कलन गरेका सेनकालका स्याहामोहरहरूमा वि.सं. १७७९ देखि विजयपुर उल्लेख गरेको पाइन्छ ।
मुरेहाङको बंशज रहेको बुद्धिकर्ण रायको राज्य बिजयपुर थिए । धरान नाम भन्दा अगाडि बिजयपुरको अस्तित्व भएको बुझ्न सकिन्छ । बिजयपुर लिम्बुवान भुमि अन्तर्गत रहेको र पृथ्वीनारायण शाहसंग युद्धसंगै भएको इतिहास छ । त्यहि संधि १८३१ लाई केहिले धोका भनिएको छ भने केहिले कालो दिनको रुपमा पनि लिइन्छ । त्यसको तीन वर्षपछि १८३४ पछि मारिएको इतिहास छ । यो हिसाबले पनि हालको धरान आसपास बस्ती अस्तित्वमा रहेको बुझिन्छ । तत्कालीन बिजयपुर समेत हालको धरानमा समाहित भएको बुझ्न सकिन्छ ।
१२४ औ स्थापना दिवस
हरेक वर्ष जस्तै यस वर्ष पनि धरान स्थापना दिवसको आयोजना गरिएको छ । बिगतमा पब्लिक स्कुलको प्रांगणमा मनाउदै आएको धरान दिवस यस वर्ष धरान १६ स्थित रंगशाला नजिक हुने भएको छ । २० गते उद्घाटन गर्दै २४ गते समापन हुनेछ ।पुष २० गते धरान उत्सव उद्घाटन कार्यक्रम हुनेछ । उक्त दिन विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिनेछ । हरेक साँझमा साँस्कृतिक प्रस्तुती हुनेछ ।
पुष २१ गते बिहान ८ बजेदेखि साइक्लिङ हुनेछ । दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन – १ र साहित्यिक कार्यक्रम पनि हुनेछ । पुष २२ गते पनि इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र लोक जुहारी कार्यक्रम हुनेछ । पुष २३ गते बिहान वाकाथुन हुनेछ । सोही दिन दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन – १, डोरि तान र छेलो हान्ने प्रतियोगिता आयोजना हुनेछ ।
दिवसको अन्तिम दिन पुष २४ गते बिहान श्रमदाता र्याली हुनेछ । दिउँसो साँस्कृतिक झाँकी प्रस्तुती, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम हुनेछ । प्रत्येक दिन साँझ ५ बजेदेखि राती १० बजेसम्म सांगीतिक तथा साँस्कृतिक कार्यक्रम रहनेछ ।
निष्कर्ष :
तत्कालीन धरान हालको पुरानो बजार चन्द्रपुर बजारलाई मात्र लिएको देखिन्छ । क्रमिक रुपमा बिस्तार हुँदै गएको देखिन्छ । मानव बस्ति यस अघि नै थिए भन्ने कुरा बिजयपुरको बुद्धिकर्णको राज्यले पनि पुष्टि गर्छ । जुध्द शम्शेर चन्द्र शम्शेरले त थप बिस्तार गर्ने काम भएको कुरा पुरा बजार र नयाँ बजारले स्पष्ट हुन्छ ।
धरान नगरपालिकामा क्रमिक रुपमा बाँझोगरा पांचायत,गाभिदै २०७१ सालमा बिष्णुपादुका पंचकन्या गा.बि.स. समाहित भएर उपमहानगर बनिदै गएको देखिन्छ । यहाँ ठुलो माछाले सानो माछा खानुपर्नेमा सानो माछाले ठुलो माछा खाएको पाइयो ।
ऐतिहासिक बिजयपुर अन्तरगत धरान हुनुपर्नेमा ऐतिहासिक भुमिको नाम ओझेल पर्दै धरानको नाम यतिबेला व्यापकता छाएको छ । त्यसको ज्वलन्त उदाहरण भनेकै धरान दिवस ।
रुख काटेर टुक्रा पारिको मुढालाई टुना भनिन्छ । त्यहि टुनालाई तख्ता बटम जस्ता काठ निकाल्ने काट्ने औजार सहितको संरचनालाई धरान भनिन्छ । त्यहि संरचनाको नामबाट नै अहिलेको आधुनिक शहरको नाम धरान रहन गएको प्रष्ट हुन्छ ।
धरान औजार प्रविधीबाट नै धरान स्थानको नाम रहेको भन्दै हर्क साम्पाङ मेयर पदमा निर्वाचित भएपछि श्रम संस्कृति पार्कमा आरा धरानको प्रतिमा स्थापना गरिएको छ । जहाँ अहिले आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउनेको घुँचो छ । जसले हालको धरान उपमहानगरपालिकाको आम्दानीमा महत्वपूर्ण भुमिका रहेको छ ।
Discussion about this post