धरान । ताप्लेजुङको नाम्जाङ्गेमा रहेको प्रहरी हटाउन र पक्राउ भएका तीनजना रिहाई गराउन ताप्लेजुङ यातायात बन्द गर्ने भएको छ ।
पौष १७ गते जनम लिम्बू, सुशिल लिम्बू र सञ्जोग लिम्बूलाई प्रहरी कै अगाडि केबलकारवाला भिजिलान्तेहरूबाट कुटपिट गरिएको र पुनः प्रहरीले अन्यायपूर्वक उनीहरूलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई राखेका भन्दै पौष २० गतेसम्मको अल्टिमेटम दिएका थिए ।
मुकुम्लुङ बचाओ आन्दोलन केबुलकार विरुद्ध उभिएका विभिन्न ११ घटक संस्था सहित संघीय प्रान्तीय लिम्बुवान मंचले पौष २१ गतेबाट अनिश्चितकालिन यातायात बन्दको आयोजना गरेको छ ।
धरानबाट धनकुटाको तम्मोर करिडोर जाने बाटोमा यातायात बन्द गर्ने तयारी गरेको छ भने इलाम पान्थरबाट पनि ताप्लेजुङ जाने सबै यातायात बन्द गर्ने जनाएको छ ।
मुकुम्लुङमा राज्यबाट प्रहरी दमन गरेको भन्दै चौतर्फी रुपमा बिरोध भैरहेको छ । धरानमा प्रहरी दमन विरुद्ध केहिदिनदेखी लगातार बिरोध प्रदर्शन गरिएको छ ।
Discussion about this post