उपमहानगरपालिकालाई स्टिमेट नदेखाई थालिने योजनाहरु रोक्का हुन्छ – मेयर साङ्पाङ

धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले उपमहानगरपालिकालाई स्टिमेट नदेखाई जानकारी नदिई थालिने योजनाहरु रोक्का गर्ने जनाएको छ ।
मेया साङ्पाङले प्रदेश १ सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र लेख्दै स्टिमेट देखाई जानकारी दिई योजना थाल्न भनिएको छ । पत्रमा

मन्त्रालयबाट यस उमहानगरपालिकाको विकास निर्माणका लागि सुरु गर्न चाहेका विभिन्न योजनाहरुमा स्थानीय सरकारले समेत उक्त योजनाहरुको बारेमा मूल्यांकन गरी गुणस्तरीय कार्यका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने भएकोले योजना सम्बन्धी कुनै कार्य गर्नु पूर्व यस उपमहानगरपालिकामा स्टिमेट पेश गरेर मात्र कार्य अघि बढाउन हुन अनुरोध छ उल्लेख छ ।

पत्रको नोटमा उपमहानगरपालिकालाई स्टिमेट नदेखाई जानकारी नदिई थालिने योजनाहरु रोक्का गरिने समेत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित