ताप्लिजोङ । ताप्लिजोङको मुकुम्लुङमा चन्द्र ढकालले केबुलकार बनाउने भएपछि दिनदिनै अशान्तिसंगै रणभुमी बनिरहेको छ ।
राज्य अनि प्रहरी दमन गरेको र तीन जना ब्यक्तिको रिहाईको माग गरिएको छ । त्यसैगरी नाम्जाङ्गेमा राखिएको प्रहरी समेत हटाउन माग गर्दै २० गतेसम्म्को अल्टिमेटम दिएको छ । दिएको अल्टिमेटम भित्र रिहाईसंगै प्रहरी नहटाए पौष २१ गतेदेखि ताप्लेजुङ जाने यातायात बन्द गर्ने चेतावनी दिएको छ ।
मुकुम्लुङ बचाओ आन्दोलन संघर्ष समितिको ७ विभिन्न संस्थाले संयुक्त रुपमा शुक्रबार प्रेस बिज्ञपति जारी गर्दै बन्द गर्ने चेतावनी दिएको हो । बिज्ञप्तिमा श्री लिङ्खिम, अध्यक्ष, मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति, नन्द कन्दडवा, संयोजक, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह,प्रेम येक्तेन अध्यक्ष, किरात याक्थुङ चुम्लुङ तथा संयोजक, प्रदेश नं १ पुननामाङ्कन संयुक्त सङ्घर्ष समिति,डकेन्द्र सिंह थेगिम, केन्द्रीय अध्यक्ष, किरात धर्म तथा साहित्य उत्थान सङ्घ,स्वरस्वता (सरु) सिङ्गक, प्रतिनिधि, मुक्कुम्लुङ ताःडसेप फासिङ चुम्भो, रामभक्त कुरुम्बाङ, महासचिव, प्रदेश नं. १ पुननामाङ्कन अभियान समितिको तर्फबाट हस्ताक्षर गरि चेतावनी दिएको हो ।
मुक्कुमलुङ क्षेत्र भनेको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र आस्थाको स्थल हो। यो पवित्र आस्थाको स्थलमा विश्वास राख्ने सारा मानव समुदायको साझा धरोहर हो। मुन्धुमी मूल्य मान्यताको आधारमा सो क्षेत्रमा वातावरण, पर्यावरणलाई प्रतिकुल प्रभाव पार्ने केवलकार लगायतका ठूला संरचना निर्माण सहित कुनै पनि प्रकारको सरकारी तथा गैरसरकारी एवम् मानवीय गतिविधि गर्न नमिल्ने जिकिर गरेको छ । सरकारले केबलकारवालाहरूलाई सुरक्षा दिन राखिएको नाम्जाङ्गे (तल्लो फेदी काफ्ले पाटी) मा राखिएको प्रहरी टोली फिर्ता गर्न र विभिन्न बहानामा केबलकारवालाहरूलाई सुरक्षा दिन योजना गरिएका कदमहरूको विरोध औपचारिकरूपमा सङ्घीय सरकारका गृहमन्त्री र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री समक्ष यसै महिनाको शुरुमा ध्यानाकर्षण गरिसकिएको बिज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले गत २०८१ पौष १७ गते मुक्कुम्लुङ संरक्षणको लागि गएका २६ जनालाई नाम्जाडगे (तल्लो फेदी) बाट माथि जान रोक लगाई फिर्ता पठाएको,नाम्जाडगे संरक्षणकारीहरूलाई लिन गएका ३ जना जनम लिम्बू, सुशिल लिम्बू र सञ्जोग लिम्बूलाई प्रहरी कै अगाडि केबलकारवाला भिजिलान्तेहरूबाट कुटपिट गरिएको र पुनः प्रहरीले अन्यायपूर्वक उनीहरूलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई राखेका जनाएको छ । उनीहरूमाथि अत्याचार थोपर्दै अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद थपेको भन्ने सूचना प्राप्त भएको
भन्दै तत्काल रिहाईको माग बिज्ञप्तिमा गरिएको छ ।
२०८१ साल कार्तिक २३ गते पनि प्रहरीको सुरक्षामा तिनै भिजिलान्तेहरूले मानिस काटेका आरोप दाबी छ । मान्छे काट्ने विरुद्धको जाहेरी समेत ताप्लेजुङ प्रहरी कार्यालयले नलिएर राज्यपक्षले मुक्कुमलुङ संरक्षणकारीहरूको जिउधन सुरक्षामाथि गम्भीर पक्षपात गरेको आरोप छ।
यसैबीच नागरिक समाजले विकासको नाममा सैन्य दमन भन्दै मुकुम्लुङमा केबुलकार बनाउने बहानामा गरिको दमनको बिरोध गरेको छ । मुक्लुङमा केबुलकार बनाउन नहुने ऐक्यबद्धता र राय प्रहरीको दमन बिरुद्ध ७६ जना नागरिक समाजका ब्यक्तिहरुले हस्ताक्षर गरेका छन ।
Discussion about this post