धरान । धरानमा यतिबेला चारैतिर हुस्सुले ढाकेको छ । एकाएक चिसो बढेको छ । धरानको अहिले तापक्रम १७ डिग्री रहेको छ । मौसम बिज्ञान विभागले धरानमा आजको अधिकतम तापक्रम २४ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी न्युनतम तापक्रम १२ डिग्रीसम्म झर्न सक्ने जनाएको छ ।
मोटरसाइकल लगायतका सवारी तथा यात्रुहरुले बाक्लो लगाएर हिडिरहेका छन । बजार चहलपहलमा भने कमि आएको छैन ।
Discussion about this post