धनराज राई
बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका -५ कालाबन्जार स्थित कोमल साना किसान कृषि सहकारी सस्था लिमिटेड को १२ औ वार्षिक साधरण सभा सम्पन्न भए को छ।
पौष १३ भएको उक्त साधारण सभामा साना किसान बिकास सस्था का केन्द्रीय सदस्य तथा साना किसान कृषि सहकारी सस्थाका प्रदेश १ का अध्यक्ष खगेन्द्र राज भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साधारण सभाको बिशिस्ट अतिथीमा साना किसान बिकास बैङ्ग इटहरीका कर्मचारी जनक मगराती अतिथीहरु वडा न-३ वडा अध्यक्ष राजदिप लामा,वडा न-४ का आशाराम चौधरी ,कोमल साना किसान चक्रघटीका सन्चालक होम कुमारी श्रेष्ठ ,मुख्य प्रबन्धक -नाम्मा हाङ्ग लिम्बू,चन्द्रमा बचत तथा सहकारी सस्था का अध्यक्ष कुमारी बस्नेत लगायत का उपस्थिती रहेको थियो।
संस्था प्रबन्धकको तर्फबाट आ व २०८०/०८१आर्थिक प्रतिबेदन तथा २०८१/०८२ को अनुमानित आय व्यय प्रबन्धक/सद्स्य सचिब बिकल लामिछानेले प्रस्तुत गरेका थिए । साधारण सभा संस्थाका अध्यक्ष दान बहादुर थापाले गर्नु भएको थियो । भने कार्यक्रम को सन्चालन प्रबन्धक /सद्स्य सचिब बिकल लामिछानेले गर्नुभएको थियो
२०७० सालमा स्थापना भएको यो सहकारीको हाल ११२७ जना शेयर सदस्य रहेका छन । हाल शेयर रकम ९७ लाख ३८ हजार ८०० रुपैया रहेको छ । वचत ५ करोड १७ लाख ९२ हजार ६४० रुपैया रहेको छ । त्यसैगरी ५२२ जनालाई ७ करोड ५९ लाख ४१ हजार रुपैया ऋण लगानी गरिएको छ ।
Discussion about this post