चार घटक पहिचानवादी मोर्चामा एक ढिक्का

धरान । पहिचान स्थापित गराउन भन्दै जन्मिएका चार घटक पहिचानवादीहरु पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समिति र नागरिक उन्मुक्ति पार्टी प्रदेश नं. १ एउटै मोर्चाबन्दी भई संयुक्त पहिचानवादी मोर्चा भएको छ ।

मोर्चा बारे पौष १२ गते होटेल पुर्वी स्टारमा पत्रकार सम्मेलन गरि घोषणा सार्वजनिक गरिएका थिए । प्रेस बिज्ञप्तिमा प्रा. डा. महेन्द्र लावती संघीय संयोजक, पहिचानवादी मोर्चा,केपि पालुङवा अध्यक्ष, नेपाल जनमुक्ति पार्टी,डकेन्द्र सिंह थेगिम संयोजक, प्रदेश नं. १ पुनः नामङ्कन अभियान समिति,ज्ञान बहादुर गुरुङ संघीय अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं १ समितिले संयुक्त हस्ताक्षर सहितको उपस्थिति रहेका थिए ।

एकल जातिय राज्य, भष्टाचार, असमानता, सबैखाले विभेद र अन्याय विरुद्ध लड्‌दै देश जिम्मा लिन सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चाको घोषणा भन्दै चार घटक एक ढिक्का भएका छन ।

सांस्कृचिक विविधताले भरिपुर्ण समाजमा बहुसांस्कृतिक, बहुराष्ट्रिय र बहुल राष्ट्रिय राज्य स्थापना गर्न, पहिचानमा आधारित न्युनतम १० प्लस १ सक्कली संघीयता सुनिस्चित गर्न, भष्टाचार नियन्त्रण तथा शुसाशन स्थापना गर्न, देशमा समृद्धिको लहर ल्याउन र सर्वसाधरण नेपालीहरुको कल्याण गर्न एउटा इमानदार, जनमुखी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता नागरिकहरुले महसुस गरेका दाबि बिज्ञप्तिमा छ ।

छरिएर रहेका पहिचानवादी संगठनहरु र अभियन्ताहरुलाई एक ठाउँमा ल्याउदै पाँच महिना भित्र देश जिम्मा लिन सक्षम राजनीतिक शक्ति निर्माणको शुरुवात गर्नको निमित्त पुष ११ गते धरानमा बसेको पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं. १ समिति र प्रदेश नं. १ पुनः नामङ्कन अभियान समितिको बैठकबाट संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय भएको जनाए ।
मोर्चा गठन भएपछिको बैठकले मोर्चाको तर्फबाट मुक्कुमलुङ आन्दोलन परिचालन समिति संयोजकमा रामभक्त कुरुम्बाङ साथै सहसंयोजकहरु सरु सिंघक र दिलेन्द्र कुरुम्बाङ, र कोशी नामकरण विरुद्ध आन्दोलनमा मोर्चाको तर्फबाट आन्दोलन परिचालन समिति संयोजक केपि पालुडवा साथै सहसंयोजकहरु जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङवा, धनबहादुर पन्धाक चयन गरिएको छ। संघर्षको जगमा देशभर चलिरहेका संघर्षहरुलाई जोड्‌दै मजबुत विकल्प सहितको जनविद्रोहको जग निर्माण गर्दै तेसो जनआन्दोलनको तयारी गर्दै मोर्चा अगाडि बढ्ने तयारी पत्रकार सम्मेलनमा जानकारी दिए ।

असमानता र अन्याय विरुद्ध दलितरशिल्पी, मधेशी, आदिवासी जनजाति तथा मुलवासी. अल्पसंख्यक धर्मावलम्बी, महिला तथा अन्य लैङ्गिक समुदायहरु तथा मिटर ब्याज, सहकारी ठगी र लघु बित्त आदिबाट पिडित नागरिकहरुले देशको विभिन्न भागमा उठाइरहेका आन्दोलनहरुमा पनि संयुक्त पहिचानवादी मोर्चाले समर्थन र साथ दिने घोषणा गर्दछ। नागरिक हितमा कार्यरत संगठनहरु, अभियन्ताहरु र स्वतन्त्र नागरिकहरु सबैलाई एकल जातिय राज्यको अन्त्य र अधिकार सम्पन्न पहिचान र ऐतिहासिक पृष्ठभूमिमा आधारित संघीयता, थोरै जनसंख्या भएका र छरिएर रहेका समुदायहरुको लागि विशेष स्वायत्त संरचनाहरु, जातीय, लैङ्गिक र वर्गिय जनसंख्याको आधारमा राज्यको सबै अंगमा समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्ष राज्य र गणतन्त्रको सुदृढीकरण र विधिको शासन स्थापित गर्दै नागरिक प्रती उत्तरदायी लोकतान्त्रिक राज्य स्थापना गर्दै प्रतिगमन विरुद्ध लड्न, भस्टाचार नियन्त्रण गर्न र प्रतिस्पर्धात्मक निजि क्षेत्र, राज्य र नागरिकहरुको सक्रीय सहभागितामा देशमा द्रुत्ततर गतिमा समृद्धिको लहर ल्याउन यस महान ऐतिहासिक अभियानमा जोडिन पनि अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित