क्यानाडा(ओन्टारिओ) । किरात याक्थुङ चुम्लुङको अन्तर्राष्ट्रिय रुपमा शाखा तथा सामुदायिक एकता हुने क्रम जारी रहेका छन । यस अघि अन्य देशहरुमा चुम्लुङ गठन भै आदिवासी याक्थुङको पहिचान संस्कार संस्कृतिलाई संरक्षण सम्बर्द्धन गरिदै आएको छ ।
यहि शिलसिलामा क्यानाडा स्थित ओनटारियोमा किरातं याक्थुङ चुम्लुङ गठन भएको छ । २५ डिसेम्बरको दिन किरात याक्थुङ चुम्लुङ ओन्टारियो क्यानाडामा जनक चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन भएको कुरा सचीव भगिराज चोङबाङक्याकले जानकारी दिएको छ ।
समितिका अन्य पदाधिकारीमा उपाध्यक्ष कौसिला सुब्बा, सचिव भगिराज चोङबाङक्याक, कोषाध्यक्ष स्याम कुमारी चोङबाङक्याक,सदस्य दिपेस थलङ,देऊ लिम्बु, मनि पालुङवा, अरूण तुम्रोक, क्रिस्टिना लिम्बु, अन्जलि लिम्बु, मुक्कु चेम्जोङ रहेका छन । समितिको सल्लाकार आदी याक्थुङवा रहेका छन ।
Discussion about this post