साँगुरीगढी चाँदिबजारमा साप्ताहिक बजारको शुरूवात

लजेश राई
धनकुटा । धनकुटा जिल्ला साँगुरीगढी- ९ आहाले स्थित चाँदिबजारमा साप्ताहिक बिहीवारे हटिया लाग्ने भएको छ।

चाँदिबजार व्यावस्थापन समितिले पौष ११ गते साप्ताहिक हाट बजार लगाउने कार्यक्रमको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालिको प्रमुख आतिथ्यमा भएको थियो ।

हरेक साताको बिहीवार हटिया लगाउने उद्घाटनमा बोल्दै अध्यक्ष जितेन्द्र रुम्दालिले साँगुरीगढी गाउँपालिकाको वडा नम्बर ८,९ र १० को पायक पर्ने चाँदी बजारमा तिनैवटा वडावासीले उत्पादन गरेको कृषि उपज लगायत मालसामान किनमेल गर्न सहज हुने बताए । बजार लाग्न शुरु भएपछि थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन होमस्टेको आवस्यकता पर्ने भन्दै जसका लागि पालिकाको तर्फबाट तालिम दिने पनि अध्यक्ष रुम्दालिले प्रतिबद्धता जनाए ।
चाँदीबजारबाट नजिकको पायक पर्ने बजार भनेको धरान हो । चाँदीबजारबाट धरान करिब १८ किलोमिटरको दुरिमा छ । त्यसका आलाबा भेडेटार,चतरा,बराहक्षेत्र छ्न तर धरानभन्दा बढी टाढा पर्छ ।

उद्घाटन कार्यक्रम बजार व्यावस्थापन समिति अध्यक्ष सन्तोष राईको अध्यक्षता भएको हो । कार्यक्रममा उपाध्यक्ष मुना राई,प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य,वडा नम्बर ९ का वडा अध्यक्ष जेवी राई,१० को वार्ड अध्यक्ष एकवा राई पालिका स्तरका नेपाली काङ्ग्रेस र राप्रपाका नेता कार्यकर्ता र स्थानीयको उपस्थिती रहेका थिए ।

पहिलो दिन कृषि उपज तथा मासुको पसलहरु राखिएका थिए ।

चाँदिबजारमा केही महिना अघि राष्ट्रिय स्तरको कलाकार ल्याएर भव्य रुपमा सांस्कृतिक सांगीतिक कार्यक्रम गरेका थिए । राई समुदायको बाहुल्य रहेको यस पालिकामा चाँदीबजारको बिचमा वाबुको प्रतिमा पनि राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित