धरान । बुढासुब्बाको नामबाट खेलाउदै आएको धरानको प्रतिष्ठाको रुपमा रहेको अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा फुटबल प्रतियोगिताको २५ औ संस्करण माघ १९ गतेबाट हुने भएको छ । प्रतियोगिताको फाईनल खेल माघ २६ गते हुनेछ ।
प्रतियोगिताबारे आयोजक धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । क्लबले खेल उत्सवको रुपमा लिएको जानकारी क्लबका अध्यक्ष प्रताप तामाङ्ले दिए ।
क श्रेणीमा रहेको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा फुटबल प्रतियोगिता बिजेताले नगद दस लाख रुपैया हात पार्नेछ । प्रतियोगिताको उप बिजेताले नगद पाँच लाख रुपैया प्राप्त गर्ने कुरा पत्रकार सम्मेलनमा जानकारी दिए ।
उत्कृष्ट खेलाडीले एक लाख रुपैया पाउने छ । खेलको अवधिवर म्यान अफ द म्याछ घोषित खेलाडिले नगद १५ हजार पाउनेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षकले उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट प्रशिक्षकले २५ /२५ हजार रुपैया नगद पुरस्कार घोषणा गरिएको छ ।प्रतियोगितामा सर्वाधिक गोलकर्ताले ३५ हजार पुरस्कार पाउने जानकारी दिए ।
धरान उपमहानगरपालिकाले संयोजन गरिने सो प्रतियोगितामा सम्भावित प्रतियोगी टिमहरुमा एन आरटि क्लब काठमाडौ,चर्च बोइज क्लब,नेपाल पुलिस क्लब,भुटान फुटबल क्लब,त्रिभुवन आर्मी क्लब,इटहरी जागृती क्लब,युके एफ्सि भारत,मच्छिन्द्र क्लब काठमाडौ,काकडभिट्टा फुटबल क्लब झापा,धरान फुटबल क्लब रहने जनाएको छ ।
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताका हालसम्मका विजेता तथा उपविजेताहरु:
२०५५ बुल्गोरिया स्पोर्टिङ क्लब (भारत),धरान फुटबल क्लब
२०५६ महेन्द्र पुलिस क्लब,धरान फुटबल क्लब
२०५७ धनमुन्दी क्लब (बंगलादेश),महेन्द्र पुलिस क्लब
२०५८ महेन्द्र पुलिस क्लब,धरान फुटबल क्लब
२०५८ महेन्द्र पुलिस क्लब,फ्रेन्ड्स क्लब
२०६० मनाङ मस्र्याङ्दी क्लब, महेन्द्र पुलिस क्लब
२०६१ थ्रि स्टार क्लब,जावलाखेल युथ क्लब
२०६२ अफ्रिकन युनाइटेड क्लब,धरान फुटबल क्लब
२०६३ नबिल थ्रि स्टार क्लब,अफ्रिकन युनाइटेड क्लब
२०६४ एनआरटि क्लब,जावलाखेल युथ क्लब,
२०६५ नबिल थ्रि स्टार क्लब,त्रिभुवन आर्मी क्लब,
२०६६ आरसीटी क्लब,नेपाल पुलिस क्लब,
२०६७ मनाङ मर्स्याङ्दी,आरसीटी क्लब, काठमाण्डौ
२०६८ थ्रि स्टार,मनाङ मर्स्याङ्दी
२०६९ हङ्गकङ्ग नेपाली महासंघ, हङ्कङ्ग,त्रिभुबन आर्मि क्लब, काठमाण्डौ
२०७० अफ्रिकन युनाइटेड क्लब,साहरा क्लव पोखरा
२०७१ एपिएफ, काठमाण्डो,एमएमसि क्लव, काठमाण्डौ
२०७२ मनाङ मस्र्याङ्दी,नेपाल पुलिस क्लब, काठमाण्डौ
२०७३ नेपाल पुलिस क्लव,संकटा क्लब, काठमाण्डौ
२०७४ थ्री स्टार क्लब, काठमाण्डौ,नेपाल पुलिस क्लब,
२०७५ डाफिन्स क्यामरुन,धरान फुटबल क्लब धरान
२०७६ मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब,
२०७९ केमरुन एफ्सी,काकडभिट्टा ट्फेनिङ सेन्टेर
२०८० एनआरटि क्लब काठमाडौ,जिल्ला फुटबल संघ, मोरङ
Discussion about this post