तुम्बेवामा पहिचानवादी मोर्चा गठन

पान्थर । पान्थर जिल्लाको तुम्बेवा गाउँपालिकामा पहिचानवादी मोर्चा तुम्बेवा गाउँपालिका समिती गठन भएको छ ।

मोर्चाका संयोजक प्रा.डा महेन्द्र लाओतीको प्रमुख आतिथ्यमा भएको भेट्घाट तथा सङ्गठन बिस्तार कार्यक्रम मार्फत संयोजक दिलप्रसाद लाओतीको संयोजकत्वमा समिति गठन भएको छ । समितिको सहसंयोजक कर्णबहादुर राई, गणेश कार्की र सदस्य सचिव सेसेहाङ लाओती सहित २६ सदस्यीय पहिचानवादी मोर्चा तुम्बेवा गाउँपालिका समिति निर्बाचित गरेको हो । त्यसैगरि नगेन्द्र लाओतीको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरेकोछ ।

कार्यक्रममा मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यमा, सहसंयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिम, संघीय सदस्य तथा लिम्बुवान प्रदेशका सदस्य सचिब केदार धिमाल, संघीय सदस्य तिलक राई र रोशन लाओतीको उपस्थिति रहेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित