योगेन्द्रको अध्यक्षतामा नयोङहाङ समाजको नयाँ कार्यसमिति चयन

धरान । याक्थुङ लिम्बू समुदाय भित्रको नयोङहाङ थरगतको बंशावलिको दोस्रो विमोचनसंगै केन्द्रीय कार्यसमितिको नयाँ समिति चयन भएको छ ।

धरानमा मंसिर २९ गतेदेखि भएको महाधिवेशन र वंशावली विमोचन समेत २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको कुरा नव निर्वाचित महासचिव प्रदिप नयोङहाङले जानकारी दिए । कार्यक्रम प्रमुख अतिथि पुर्व मुख्यमन्त्री माननिय राजेन्द्र राई रहेका थियो ।

नवनिर्वाचि केन्द्रीय कार्यसमितिको नामवली 
१. अध्यक्ष –योगेन्द्र कुमार नयोङहाङ 
२. पहिलो उपाध्यक्ष –गोपाल नयोङहाङ 
३. दोस्रो उपाध्यक्ष –टंक बहादुर नयोङहाङ 
४. तेस्रो उपाध्यक्ष –रणशेर नयोङहाङ 
५. चौंथो उपाध्यक्ष –भीमतारा नयोङहाङ तेङबुङ 
६. पाचौं उपाध्यक्ष –राजु नयोङहाङ 
७. छैटौं उपाध्यक्ष –यस कुमार नयोङहाङ 
८. महासचिव –प्रदिप कुमार नयोङहाङ 
९. सचिव –डम्बर बहादुर नयोङहाङ (यात्री) 
१०. सचिव –राम प्रसाद नयोङहाङ 
११. सचिव –वर्षा सम्बाहाम्फे नयोङहाङ 
१२. सचिव –नरेन्द्र नयोङहाङ 
१३. कोषाध्यक्ष –नयन बहादुर नयोङहा

१४. सदस्य –प्रेम बहादुर नयोङहाङ

१५. सदस्य –योग बहादुर नयोङहाङ

१६. सदस्य –पदमजङ्ग नयोङहाङ

१७. सदस्य –राजेश नयोङहाङ

१८. सदस्य –सुरेश नयोङहाङ

१९. सदस्य –राम प्रसाद नयोङहाङ

२०. सदस्य –जङ्ग बहादुर नयोङहाङ

२१. सदस्य –अनुषा नयोङहाङ (नुमा)

२२. सदस्य –राम कुमार नयोङहाङ

२३. सदस्य –योकराज नयोङहाङ

२४. सदस्य –अनिल नयोङहाङ

२५. सदस्य –सपना नयोङहाङ

साधारण सभाको सभापतित्व निवर्तमान केन्द्रीय अध्यक्ष श्री सुरेश नयोङहाङले गर्नु भएको थियो । कार्यक्रममा छ सयको संख्यामा विश्वका नयोङहाङ दाजुभाई तथा छोरीचेलीहरुको सहभागिता रहेका थिए । बन्दसत्रमा धनकुटा, ताप्लेजुङ, संखुवासभा, सुनसरी, झापा, मोरङ, इलाम, काठमाडौं र प्रवास भारत लगायत विभिन्न स्थानहरुबाट एक सय सतचालिस जना प्रतिनिधि तथा पर्यवेक्षकहरुले उपस्थिती जनाएका थिए ।

विश्वभरका नयोङहाङहरुको साझा र विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित यस समाजले नयोङहाङहरुको वंशावली प्रथम संस्करण २०६७ र दोस्रो संस्करण २०८१ प्रकाशन गर्न साथै विश्वभरका नयोङहाङहरुको जनगणना २०७९ जस्ता महत्वपूर्ण कार्यहरु सम्पन्न गर्न सफल भएको जनाएको छ । नयोङहाङ समाज नेपाललाई संस्थागत रुपमा सञ्चालन गर्न सशक्त, मजबुत र एकतावद्ध बनाउन संगठन सुदृढीकरण एवम अभिमुखिकरण कार्यक्रमहरु आयोजना गर्दै सिर्जनात्मक योजनाहरु नयाँ कार्यसमितिले गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित