अनाधिकृत जग्गा प्लटिङ सम्बन्धी मेयरको स्टाटस,चिण्डे डाँडा नजिक गरेको पल्टिङमा प्रश्न

धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बिना प्लानिङ पर्मिट धरान भित्र प्लटिङ गर्न नदिने भनेपछि मेयरका निकटहरुको नाममा पलटिङ गरिएको बारे सर्वसाधारणले पश्न उठाएका छन ।

सामाजिक संजाल फेसबुकमा मेयर साम्पाङले स्टाटस लेख्दै – ` बिना प्लानिङ पर्मिट धरान भित्र प्लटिङ गर्न दिइनेछैन ! स्वीकृत गरेर मात्रै गर्नु होला ! अन्यथा, पछि थुप्रै झमेला हुनेछ !´

साङ्पाङकै स्टाटासमा वडा नम्बर २० का स्थानीय बिजय लामाले सहि हो मेयर साब तर दत्त लिम्बू मामा सत्य गुरुङ लगायत भुमाफियाहरुले चिन्डे डाडामा २ बिगा जाग्गा प्लटिङ्ग गरेको छ ! त्यसैमा भु-क्षय हुने चुरे क्षेत्रमा दादागिरी र तपाईको पावर को शक्तिबाट प्लटिङ्ग गरियको छ यसको छानबिन हुनु पर्यो ! भनेर प्रतिक्रिया लेखेका छन ।

वडा नम्बर २० कै मिडियाकर्मी सुजन तामाङले – `नगर प्रमुख ज्यु अत्यन्त सान्दर्भिक बिषय उठाउनु भएको छ! धरान भित्र आफू खुशी प्लटिङ गर्नेलाई नछाड्ने जे भन्नू भएको छ,यसो हुँदा हाम्रो पिडालाई यहाँ माँझ राख्दै छु।धरान-२० को चिण्डे डाँडा कालिमाटी जाने सडकलाई नै क्षतबिक्षद् हुनेगरी यो बर्ष जेष्ठ देखि कार्तिक सम्म ५/६ महिना सडक पुर्णरूपमा अवरुद्ध रह्यो आफुखुशी जग्गा प्लटिङ्ले गर्दा। बर्षातमा यहाँका विद्यार्थी,बिरामी र असक्तले के कति सम्म सास्ती खेप्नु पर्यो त्यो यहाँको स्थानीय बासिलाई ताजै छ । सत्य रियल स्टेड नाम दिएको यस प्लटिङका योजनाकार मित्रहरु आज मैले नाम उद्घोष गर्नै पर्छ,सत्य घले,बलेन्द्र राई,राम राई यी साथिहरु त्यो बिपतमा कुन दुलोमा पसेका थिए??? छ महिना यहाँको स्थानीय बासिले बाटो मर्मत गर्नु परेको पिडा छ! सडक भत्के पछि यो बर्षात् भरी एकपटक पनि गाउँ नपसेका र हामिले फोन सम्पर्क गर्दा समेत फोन अफ गरि बस्ने प्लटिङ माफियाहरुलाई तत्काल नियन्त्रणमा लिई कारबाही बढाउनु पर्यो मेयर साब। यहाँलाई उक्त पहिरो र भूक्षय भएको स्थानमा स्थलगत निरीक्षणको लागि निम्तो गर्दछु भन्दै सामाजिक संजालमा लेखेको छ । यी त प्रश्न उठाउने उदाहरण पात्र मात्र हुन । चिण्डे डाडामा भएको जग्गा प्लटिङ बारे यस अघि पनि मिडियामा समाचार आईसकेका थिए । तर मेयरको स्टाटसले फेरि प्रश्न उठाईदिएको छ ।

साङ्पाङको स्टाटसलाई समर्थन जनाउनेको संख्या पनि उल्लेख्य छन ।

यसअघि जेजस्तो भएपनी आगामी दिनमा गर्न नदिने भनेर चिण्डे डाडामा भएको गरिएकोलाई छोडिदिने हो कि समान रुपमा कार्वाही हुन्छ भन्ने आसयको प्र तिक्रिया तथा प्रश्न खडा गरिएको छ ।

चिन्डे डाँडामा सत्य घलेको नाम यसअघि पनि मुछिएका थिए । त्यहाँ राखिएको बोर्डमा भएको सम्पर्क नम्बरको आधारमा सत्य घले,दत्त लिम्बू लगायतको नाम खुल्न आएपछि भगवानको नाममा जग्गा दलाली समेतको आरोप लागेको छ ।

यस विषयमा सत्य घलेसंग बुझ्दा आफुलाई त्यो जग्गा कस्को भन्ने जग्गा धनी समेत थाहा नभएको जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित