धरान । नेकपा माओवादी केन्द्र धरान उप-महानगर समितिको तेस्रो अधिवेशनले उद्धव लिम्बुको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
सम्पन्न तेस्रो अधिवेशनले लिम्बु सहित ७५ सदस्यीय धरान नगर समिति चयन गरिएको कुरा नेकपा माओवादी केन्द्र धरानले जनाएको छ । अधिवेशनले सबैलाई निर्विरोध निर्वाचित गरिएको जनाएको छ ।
नव निर्वाचित कमिटीका वरिष्ठ उपाध्यक्षमा सिपि बजगाईं उपाध्यक्षमा सन्जुहाङ सावाँ र सुवास खवास र महिला उपाध्यक्षमा शेष कुमारी घिमिरे, सचिवमा भूपाल चाम्लिङ, सहसचिवमा सुमन गहतराज र कोषाध्यक्षमा मिक्मा भोटे निर्वाचित भएका छन्।
समितिको सदस्यहरूमा सुमन श्रेष्ठ, जितराज राई, मेनुका खड्का, दुर्खा खाती, बुद्रोस लिम्बु, केशव रिजाल दीपक रिजाल लगायत ७५ सदस्य कमिटी निर्वाचित भएका छन्।
Discussion about this post