देश विदेशमा उधौली चाड धुमधाम मनाउदै

धरान । अन्न बाली भित्र्याएपछी नेपालका आदिवासी भुमिपुत्र भध्ये राई लिम्बू भुजेल याक्खा सुनुवार लगायतले मनाउने चाड उधौली देश तथा विदेशमा धुमधामकासाथ मनाई रहेको छ ।

लिम्बू समुदायले चासोक तङ्नामको नामबाट उधौली मनाईरहेका छन । राई समुदायले साकेला,भुएल समुदायले भुनेली पर्व,याक्खा समुदायले चासुवा सुनुवार समुदायले फोलष्याँदर अनि कुलुङ समुदायले चाक्चाकुरको नामबाट उधौली मनाउने गरिन्छ । आजकै दिन नेवारी समुदायले पनि योमरी पुन्ही देशभर व्यापक रुपमा मनाइरहेका छन ।
यहि क्रममा धरानमा किरात याक्थुङ चुम्लुङको आयोजनामा पाँच दिने चासोक तङ्नाम मेला धरान १५ स्थित चुम्लुङ हिममा मंसिर ३० गरेदेखि शुरु भएको छ । अरुण पुर्व लिम्बुवान दाबी गर्दै आएका झापा, मोरङ, सुन्सरी,इलाम, लगायतमा चासोकको मेला लागेको छ । राई समुदायले भने उभौलिमा अन्न बाली राम्रोहोस भन्ने मान्यताकासाथ बैशाख पुर्णिमादेखी व्यापक रुपमा साकेला मनाउने गरिन्छ ।

यहि समयमा चराचुरुङ्गी समेत ओरालो लाग्ने भएकोले प्रकृतीसंगैको घुलमिल नेपालका भुमिपुत्र आदिवासी मुलवासिले अन्नबाली भित्र्याएसंगै उधौली पर्वक रुपमा मान्दै आएको छ । लिम्बु समुदायमा युमा धर्म मान्नेहरुले मंसिर १ गते नै चासोक थिसोक मनाईसकेको छ ।

त्यसैगरी पौष महिनादेखि बौद्ध धर्मावलम्बी हिमाली आदिवासी भुमिपुत्रहरु तथा एसियाका मुलवासी मंगोल समुदायले लोसर मनाउने छन । (तस्बिर : हर्ष सुब्बा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित