प्रथम सुनुवार विद्यार्थी समाजको पाँच किलोमीटर दौड प्रतियोगिता सम्पन्न

धरान । आदिवासी भुमिपुत्र सुनुवार समुदायको विद्यार्थी सुनुवार विद्यार्थी समाजले आफ्नो चाड फोलष्याँदरको उपलक्ष्यमा आयोजना गरेको पाँच किलोमीटर दौड कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थी समाजले मंसिर २९ गते आयोजना गरेको दौड प्रतियोगिता खुल्ला महिला पुरुष,भेट्रान महिला पुरुष र १४ वर्ष मुनिका गरि तीन समुहमा प्रतियोगिता आयोजना गरेका थिए ।

प्रतियोगितामा खुला पुरुषतर्फ धनु मानान्धर, ओसन राई,सरोज लिम्बू क्रमशः प्रथम द्वितीय तृतीय भएका थिए । त्यसैगरी महिला तर्फ इन्द्रकला नेम्बाङ,पुष्पा लिम्बू,इच्छा राई प्रथम दोस्रो तेस्रो भएका थिए ।

भेट्रान पुरुषतर्फ बिजय राई,राजु तामाङ,मंगल तामाङ र महिलातर्फ जमुना राई,सबिना राई,कुसुम लिम्बू क्रमश प्रथम दोस्रो तेस्रो भएका थिए ।

१४ वर्ष मुनिको प्रतियोगितामा पुरुषतर्फ अमित बिक,अभिषेक माझी,साहिल देवान र महिलातर्फ देउकुमारी लिम्बू,कृतिका राणामगर र संस्कृति केसि क्रमशः प्रथम दोस्रो तेस्रो भएका थिए ।

बिजेता खुल्ला महिला पुरुषले नगद १० हजार,५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे । भेट्रान र १४ वर्ष मुनिका बिजेताले नगद ४ हजार ३ हजार २ हजार प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित