धरान र इटहरीको सिमा कहिले समाधान गरिदिने

धरान । हर्क साम्पाङ मेयरमा निर्वाचित भएर आएपछि खोतलिएको इटहरी र धरानको सिमा समाधान प्रदेश संघले अझैसम्म चासो नगरेको भन्दै प्रेस बिज्ञप्ति जारी गरिएको छ ।

मंसिर २८ गते मेयर साम्पाङले प्रेस बिज्ञप्ति जारी गर्दै तत्काल सिमा विवाद समाधान गरिदिन भन्दै ध्यानाकर्षण गरिएको छ । धरानको सिमा तरहरा नजिक पानीपियादेखी उत्तरतर्फ रहेको जिकिर गर्दै यसअघि धरान उपमहानगरपालिकाले सिमा प्रारम्भ भएको बोर्ड राखेका थिए । तर उक्त बोर्डलाई इटहरी उपमहानगरबाट आएका नगर प्रहरीले हटाई तोडफोड गरेका थिए । प्रहरीलाई सहजताको लागि इटहरी इलाका प्रहरी र धरान ईलाका प्रहरीले सेउती पुललाई आधार मानिरहेको छ । तर वास्तविक सिमा भने पानीपिया नै भएको पुष्टि धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले यस अग्नि नै सार्वजनिक गरिसकेको छ । उनले नापी शाखाको नक्सा सहितको आधार पेश गर्दै वास्तविक धरान र इटहरीको सिमा पानीपिया नै रहेको सप्रमाण पुष्टि गरिसकेको छ । तर इटहरी उपमहानगरले सेउती खोलासम्म दाबी गर्ने नेपालको नापिक नक्सा पेश गर्न हालसम्म सकेको छैन ।

मेयर साङ्पाङले जारी गरेको बिज्ञप्तिमा धरान उपमहानगरपालिका र ईटहरी उपमहानगरपालिका विच देखिएको सीमा विवादको समस्या हल गर्नका लागि मिति २०८०।०२।१८ गते बसेको कार्यपालिका बैठकको निर्णयानुसार धरान र ईटहरी बिचको साँध सिमाना नेपाल सरकार नापी विभागको नक्सांकनको आधारमा कहाँसम्म पर्छ पछिसम्म फरक नपर्ने गरी धरान

उपमहानगरपालिकाको भौगोलिक क्षेत्राधिकार निश्चित गरिदिन भनि च.नं. ७९९५ रहेको मिति २०८०/०२/२१ गते पत्र मार्फत जिल्ला समन्वय समिति सुनसरीलाई पत्रचार गरिएको जनाएको छ ।उक्त पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय सुनसरीलाई समेत दिइएको उल्लेख छ । सिमाबारे संघ, प्रदेश र स्थानीय तह समन्वय र अन्तरसम्बन्धलाई व्यवस्थित गर्न मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद्‌को बैठकका लागि माग गरिएको एजेन्डामा समेत यस धरानले च.नं. ३६६९ रहेको मिति २०८०/०९/०८ गतेको पत्र मार्फत साँध सिमाना सम्बन्धी विषयको ऐजेन्डा राखि पत्रचार गरिएको उल्लेख छ । तर जिल्ला समन्वय समिति र प्रदेश समन्वय समिति दुवै सरकारी निकायले कुनै पहल नगरिदिएको भन्दै दुःख व्यक्त गरेको छ ।

बिज्ञप्तिमा नेपाल सरकारको प्रशासनिक नक्सामा धरान उपमहानगरपालिकाको साँध सिमाना पानीपिया क्षेत्रसम्म भएको दाबी छ । धरानले पटक पटक सम्बन्धित निकायमा साँध सिमाना सम्बन्धी विवादको निकासका लागि पत्रचार गर्दा समेत कुनै पनि समस्याको हल नहुदाँ स्थानीय तह विचको सिमाना विवाद पेचिली बन्दै गइरहेको जनाएको छ। नेपाल सरकारको प्रशासनिक नक्साको आधारमा धरानको सिमाना पानीपियासम्मको क्षेत्रफलको आधारमा सरकारले स्थानीय, तहलाई पठाउने अनुदान धरानले प्राप्त गरिरहेको समेत स्मरण बिज्ञप्तिमा गरिएको छ ।

बिज्ञप्तिमा यस अधि यस कार्यालयबाट नगर प्रहरी र प्राविधिक टोली गई नेपाल सरकारले जारी गरिएको धरान उपमहानगरपालिकाको आधिकारीक साँध सिमाना पानीपिया क्षेत्रमा धरान सीमा प्रारम्भ बोर्ड लगाउँदा नेकपा एमालेको भातृ संगठन युवां संघ इटहरीको नेतृत्वमा सीमा प्रारम्भ बोर्ड उखेलेर लगेकोले र केहि महिना पछि पुनः राखिएको सिमा प्रारम्भ बोर्ड इटहरी उपमहानगरपालिकाले निकालेर फालिदिएको पनि उल्लेख छ । यसरी हटाएको बोर्डको विषयमा सम्बन्धित प्रहरी प्रशासनलाई पत्रचार समेत गरिएको उल्लेख छ ।

बिज्ञप्तिमा धरान उपमहानगरपालिकाको दक्षीण साँध सिमाना पानीपिया क्षेत्र नै भएको दाबी गर्दै सम्बन्धित सरकारी निकाय, सरोकारवाला लगायत सम्पूर्णमा नागरिकहरुमा यस विषयमा सहयोग समन्वय गरी यस विषयमा यथासिघ्र निकास निकालिदिन भन्दै माग गरिएको छ ।

बिज्ञप्तिमा सीमा विवादले कुनै अप्रिय घटना घट्न गए जिल्ला समन्वय र प्रदेश समन्वय समिति जवाफदेही रहने समेत चेतावनी दिएको छ । (तस्बिर साभार गुगल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित