धरानमा फेरि अर्को हत्याको घटना श्रीमानले ठाउँको ठाउँ ढालिदिए श्रीमती (भिडियो सहित )

 

धरान । जानकी ज्वेलर्स गरगहना पसल गर्दै आएका अमृत रसाइलीले आफ्नो श्रीमती सम्झना रसाइलीलाई खुकुरी प्रहार गरि हत्या गरेको छ ।

मंसिर २८ गतेको दिन श्रीमान अमृत रसाइलीले श्रीमतीको हत्या गरेको कुरा स्थानीयले बताए । बिगत एक वर्षदेखि पसल चलाउदै आएका अमृत रसाइलीले टाउकोमा खुकुरी प्रहार गर्दा सम्झनाको घटना स्थलमा नै मृत्यु भएको स्थानिय जानकारी दिए ।

धरान उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विद्या शाक्यले गत फागुन महिनाबाट भौडी नजिक पसल गर्दै आएको बुझिएको बताए । घटना भएपछि घटना स्थल पुगेको जानकारी दिदै आजकै दिन वडामा सम्बन्ध विच्छेदको कुरा लिएर आएको कुरा वडा सचिबलाई उदृत गर्दै जानकारी दिए । रुवावासी र रगताम्य अवस्थामा रहेको भन्दै थप सोधपुछ गर्ने वातावरण नभएको वडा अध्यक्ष शाक्यले जानकारी दिए । मृतकको शव पोस्टमार्टमको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको बताए ।

घटनास्थलमा अमृत रसाइलीसंगै पढेका कुल केशर संगम पनि भेटिए । घटना भएको थाहा पाएपछि उनी आएको बताए । संगम पानबारी बसाई रहेको हाल उनले हत्यामा संलग्न अमृत नराम्रो ब्यक्ति नभएको भोजपुर पालपाले जरायोटारमा पनि घर बनाएर बसेको जानकारी दिए । जानकी ज्वेलर भन्नेबित्तिकै आफुलाई उनकै हो भन्ने लागेर आएको बताए । झैझगडा गर्ने खालको ब्यक्ति नभएको भन्दै कहिकतै मानसिक तनाब भएर हुनसक्ने बताए ।
स्थानीय गोबिन्द नाम बताउने एक ब्यक्तिले श्रीमतीबाट सम्बन्ध विच्छेदको दवाब भएपछि हत्या भएको हुनसक्ने बताए । अजैमात्र वडामा गएको कारण पनि सहजै अनुमान गर्न सक्ने भन्दै त्यही कारण हुनसक्ने गोबिन्दले अनुमान गरे ।

घटना भएपछि वडा नम्बर ३ का कडा सदस्य मनिष खड्गिले रगताम्य अवस्थामा आफुले देखेको जानकारी दिए । तर तेतिबेलासम्म प्राण गैसकेको बताए । वडा सदस्य खड्गिले मृतक सम्झनाको टाउको काँधमा पटकपटक खुकुरीले प्रहार गरेको चोट देखिएको बताए । घटनास्थलमा खुकुरी भेटिएको भन्दै उक्त खुकुरी धारिलो नभएको भुत्ते रहेको पनि बताए । खड्गिले यश अघि पनि यहि कैलाश पथमा यस्तै प्रकारको घटना भएको बताए । उनले बाहिरी जिल्लाबाट आएर व्यावसाय गर्दै आएपछि आफ्नै वडाको भएको बताए । सदस्य खड्गिले आज भएको घटनाका व्यक्तिहरु सम्बन्ध विच्छेदको लागि वडा आएको बताए ।

घटना घटदा हत्यामा संलग्न अमृत रसाइलिको भान्जा पल्लो कोठामा रहेको थिए । इन्केज गजमेर जो भान्जा नानीहरु हल्ला सुनेपछि आएको बताए । यश अघि दुबैजनाको बेलाबेला झगडा भैरहने बताए । तर पारिवारिक झगडा केकतीले आफुलाई कारण थाहा नभएको भान्जा गजमेरले जानकारी दिए । आजको घटना एक्कासि भएको बताए । वडामा सम्बन्ध विच्छेदको विषयमा जाने कुरा भएको गजमेरले जानकारी दिए ।

हत्यामा संलग्न अमृत रसाइली  अहिले इलाका प्रहरी कार्यालय धरानमा रहेको जानकारी प्राप्त भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित