सुम्निमा पारुहाङ निर्माण कन्सर्टको हिसाब सार्वजनिक, एक करोड प्रतिमा निर्माणको लगि उठ्यो

धरान । सुम्निमा पारुहाङको प्रतिमा निर्माण सहयोगार्थ लागि भएको दोस्रो सांगीतिक कार्यक्रम  (कन्सर्ट)बाट ९९ लाख ९४ हजार ३६१ रुपैया खुद आर्थिक सहयोग संकलन भएको छ ।

मंसिर २७ गते धरानमा पत्रकार सम्मेलन गरेर सांगीतिक कार्यक्रमबाट उठेको हिसाब सार्वजनिक गर्दै प्रतिमाको लागि उक्त आर्थिक सहयोग संकलन भएको जनाएको छ । कन्सर्टमा जम्मा १ करोड २५ लाख ३२ हजार ४२९ रुपैया आर्थिक सहयोग संकलन भएको कुरा कन्सर्ट संयोजक मिना सिङ्घकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

गत असोज १५ गते वर्षाका कारण स्थगित भएपछि मंसिर ७ गते पुनः कन्सर्टको आयोजना गरिएका थिए । असोज १५ मा गर्न तयारी भएको कन्सर्टमा ३४ लाख २० हजार ४३० रुपैया टिकट बिक्रि तथा आर्थिक दाताबाट संकलन भएको बताए । तत्कालीन अवस्थामा स्थगित हुँदा १० लाख ९८ हजार ७६१ रुपैया खर्च भएको उल्लेख छ ।

पुनः कार्यक्रम मंसिरमा गरिने भएपछि थप आर्थिक सहयोग सहित टिकट बिक्रिबाट अघिल्लो असोज र मंसिर सहित कुल १ करोड २५ लाख ३२ हजार ४२९ रुपैया प्रतिमाको लागि संकलन भएको जानकारी दिए । मंसिरमा भएको कन्सर्टको सम्पुर्ण खर्च १४ लाख ३९ हजार ३०७ रुपैया देखाएको छ । असोज र मंसिर दुबैको कुल खर्च २५ लाख ३८ हजार ६८ रुपैया देखाएको छ ।

हिसाब सार्वजनिक गर्ने क्रममा ७ लाख रुपैया गडबडी भएका थिए । अघिल्लो असोज महिनाको हिसाब र मंसिरको हिसाब छुट्टाछुट्टैसंगै गोलमटोल भएपछि ७ लाख गडबडी भएका थिए । पत्रकार सम्मेलनकै क्रममा मेयर हर्क साम्पाङले हिसाब नमिलेको ट्याली गर्न अरक परेको हुनसक्ने भन्दै लमसममा सात लाख नपुगेको देखाए । सुम्निमा पारुहाङ प्रतिष्ठानका कोषाध्यक्ष दत्त लिम्बुलाई हस्तान्तरण गरेको पैसामा भुल भएपछि सो गडबडी देखिएका थिए । शुरुमा मिना सिङ्घकले दत्त लिम्बुलाई बुझाएको रकम ४९ लाख ९८ हजार २०३ मात्र देखाएका थिए । हालको रकम भन्दै ४१ लाख १३ हजार ७८४ भएपछि ९१ लाख ११ हजार ९८७ रुपैया कुल सहयोग देखाएका थिए । जस अनुसार कुल संकलतित रकम १ करोड ५ लाख ५१ हजार १९४ सार्वजनिक गरेका थिए । तर बिचमा शिव बान्तवले दत्त लिम्बुलाई ६ लाख ५४ हजार ४३१ रुपैया बुझाएको बिल भर्पाई प्रमाणित गरेपछि भने हिसाब मिलान भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित