कांग्रेसमा सर्वसम्मत पदपूर्ति

धरान । नेपाली कांग्रेस, धरानको ३ नं. वडा कार्यसमितिमा भएको रिक्त पदको पदपूर्ति सर्वसम्मत रुपमा भएको छ । रिक्त रहेको उपसभापति, सचिव र सहसचिव पदमा सर्वसम्मत पदपूर्ति भएको हो ।

नेपाली कांग्रेसको विधान, २०१७ मा जुन प्रकृयावाट चयन भएको हो सोही प्रकृयावाट पदपूर्ति गर्नुपर्ने प्रावधान भएनुसार निर्वाचन प्रकृयावाट पदपूर्ति गर्दा तीनवटै पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेकाले सर्वसम्मत निर्वाचित भई पदपूर्ति भएको मतदान अधिकृत भरत शाक्यले जनाएका छन् ।

सर्वसम्मत निर्वाचित भएका उपसभापति मोति श्रेष्ठ, सचिव विरोज ताम्राकार र सहसचिव इन्दिरा खड्गीलाई क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, वडा सभापति उमेश श्रेष्ठ, वडा अध्यक्ष विद्या शाक्य लगायतले खदा तथा अविर लगाई बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित