क्यानाडा । पहिचानवादी मोर्चाका संगठन देश विदेशमा विस्तार गर्ने क्रममा दिपेश थलङ्को संयोजकत्वमा ९ सदस्यीय क्यानाडा समिति गठन भएको छ ।
पहिचानवादी मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको उपस्थितिमा मंसिर १६ गते क्यानाडाबासी नेपालीहरुको भर्चुअल बैठकबाट पहिचानवादी मोर्चाको क्यानाडा समिति गठन कार्य सम्पन्न भएको हो । संयोजक लावतिले यसरी प्रवासमा पहिचानवादी मोर्चाको संगठन बिस्तार कार्य प्रति खुशी व्यक्त गर्दै पहिचानवादी मोर्चाको संघीय समितिको तर्फबाट क्यानाडा समितिलाई हार्दिक बधाई ज्ञापन गरिका थिए । पहिचानवादी मोर्चा क्यानाडा समितिको आगामी कार्यकाल सफलता रहोस् भन्दै विशेष शुभकामना व्यक्त गरे ।
नव गठित क्यानाडा समिति
१. संयोजक: दिपेश थलङ
सदस्यहरु:
२. जनक चेम्जोङ
३. भगिराज चोङबाङक्याक
४. बिरकाजि गुरुङ
५. चन्द्रधोज राई
६. राजकुमार राई
७. सोम बहादुर चेम्जोङ
८. सुरेन्द्र लावती
९. आदि याक्थुङबा
यसैबीच पहिचानवादी राजनीतिक दलहरु फुट्ने जुट्ने निरन्तर भैरहेको छ । पछिल्लो समयमा आएर प्रदेश १ नामाकरणले भने पहिचावादी एक शक्ति हुनुपर्छ भन्ने कार्यकर्ताको आवाज अनि नेतृत्व पंतिले पनि स्वीकार गरेको छ । तर एकता वा मोर्चा त्यसका लागि निरन्तर छलफल भैरहेको छ । पहिचावादी राजनीतिक दलहरु कसरी जाने भन्ने विषयमा धरानमा पछिल्लो समयमा छलफल भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष केपि पालुङ्बा निवासमा यसै हप्ता ती दलका शिर्ष नेताहरुको एक चरण छलफल भएको छ । बैठकमा आगामी दिना कसरी जान सकिन्छ भन्ने छलफल भएको कुरा जेन्टल लावतिले बताए ।
आगामी ८४ लाई मात्र नभै पहिचान मुद्दा स्थापित गराउन तथा देशमा तेस्रो शक्तिको लागि पनि पहिचान शक्ति एकता हुन आवस्यक रहेको राजनीतिक विश्लेषकको भनाइ छ । इलाम जिल्लाको उप निर्वाचनले समेत तेस्रो शक्ति स्थापित गरेपछी पहिचानवादी पार्टीहरु भने हौसिएका छ्न । तर कार्यकर्ता र पहिचानवादी सर्वसाधारण भने एकता होस भन्ने चाहे पनि कहि न कहि तगारो लागेको महसुस गरिएको कार्यकर्ताको गुनासो छ ।
Discussion about this post