चेपुवामा छाङ्बाले तेन्जिङलाई खुकुरी रोपि हत्या,संलग्न ब्यक्ति र शब जिल्ला ल्याउदै

संखुवासभा (चेपुवा ) । संखुवासभा जिल्लाको चीन सिमा जोडिएको भोटखोला गाउँपालिका वडा नम्बर २ चेपुवामा छाङ्बा भोटेले त्यहीँका तेन्जिङ भोटेलाई खुकुरी प्रहार गरि हत्या गरिएको छ ।

गत मंसिर १५ गते करिब रातको ९ बजेतिर दुबैजना झगडा हुँदा छाङ्बा भोटेले तेन्जिङ भोटेको हत्या गरेको कुरा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । हत्यामा संलग्न छाङ्बा भोटे भाग्ने प्रयास गरेकोमा प्रहरी चौकी लिङ्गमका प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । हत्या गर्ने छाङ्बाको उमेर अन्दाजी ६१ वर्षको र हत्या भएका तेन्जिङको उमेर अन्दाजी ५६ वर्षको रहेको प्रहरीले जानकारी दिए ।

हत्यामा संलग्न छाङ्बा भोटे र मृतक तेङ्जिङ भोटेको शबलाई पोस्टमार्टमको लागि ल्याउदै गरेको जानकारी दिए । प्रहरी निरीक्षक लामिछानेले अहिले हत्यामा संलग्न र शब जिल्ला आईनसकेको जानकारी दिए । यो समाचार तयार गर्दासम्म आइसकेको छैन ।

स्थानीयबासी दावाछिरिङ (टाइगर ) ले जनकारी दिए अनुसार दुबैजना जाँड खाएर मातेको अवस्थामा करिब रातको ९ बजे सुन्सान अवस्थामा दुबैजना झगडा गरेको थाहा पाएपछि छाङ्बा र तेन्जिङको दुबै श्रीमती सहित उठेर छुट्याउन खोजेको भन्दै उनिहरुका श्रीमतीलाई उदृत गर्दै जानकारी दिए । घटना मृतक तेन्जिङको घरमुनि भएको भन्दै अध्यारोमा कतिबेला खुकुरी प्रहार भए पछिमात्र रगत बगेको थाहा पाएको दुबैको श्रीमतीले बताएको उदृत गर्दै घटनाबारे दावाछिरिङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित