दोस्रो बृहत सांस्कृतिक स्यप्रो प्रतियोगिता सम्पन्न,ल्हालुङ समूह भए विजेता,जनप्रतिनिधिको अनुपस्थितिप्रती आयोजकले गरे खेद व्यक्त

काठमाडौ । हिमालय भोटे युवा काठमाडौंले आयोजना गरेको मौलिक सांस्कृतिक बृहत दोस्रो स्यब्रो लु प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रम मंसिर १५ गते योगमाया आयुर्वेदिक विश्वबिधालयको अध्यक्ष तथा पुर्व युएसए राजदुत समेत रहेका डा.अर्जुन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कुरा कार्यक्रम संयोजक वाङ्छिरिङ खुम्बुवाले जानकारी दिए ।

कार्यक्रममा प्रतियोगि १३ समूहले भाग लिएका थिए । १३ समुह प्रतियोगिहरु मध्ये ल्हालुङ आमा समुह ले पहिलो स्थान प्राप्त गरेमो जनाएको छ । बिजेता समुहले नगद २० हजार रुपैया प्रमाणपत्र शिल्ड प्राप्त गरेका छन । बाँकी सहभागी सबै समूहले नगद ६ हजार र प्रमाणपत्र प्राप्त गरेका छन । अनुशासित समुहको रुपमा हटिया आमा समुहलाई सर्बोउत्कृष्ट पुरुष, महिलामा लाली गुरास आमा समुहका छिरिङ भोटे र महिलामा पिबु रिदाक आमा समुहका साङजुङ भोटेले नगद र प्रमाण पत्र प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलको भुमिकामा पासाङ नुप्पा, फुर्पु नावा, रिदर नोसाङ थिकेपा, छिरिङ रिदर खाम्बा र महिला तर्फबाट छिरिङ भोटे रहेको थिए ।

कार्यक्रम सफल बनाउन विभिन्न ब्यक्तिलाई जिम्मेवारी दिएका थिए । सोही अनुसार कार्यक्रम संचालन आकाश लिङबो र ल्हेन्जम नुप्पाले गरेका थिए । ब्याबस्थापनको भुमिका नाम्जा थिकेपा, आर्थिकको जिम्मेवारी सन्तोष थिकेपा र पेमा खुम्बुवा, स्वयमसेवकको जिम्मेवारी ठिलेन नुप्पा र छिरिङमा खुम्बुवाले गरेका थिए । त्यसैगरी भिडियोको जिम्मा डुक्पा नुप्पा र फुर्पु खुम्बुवा कार्यक्रम संयोजक वाङछिरिङ खुम्बुवाले गरेको थियो । कार्यक्रमको सल्लाकारमा छितेन् लिङ्बोको मुख्य भुमिका रहेको थियो । उनले अर्को बर्ष भोटखोला तेस्रो सांस्कृतिक कार्यक्रम अझ भव्य र फरक तरिकाले गर्ने पनि बताए ।

कार्यक्रममा राष्ट्रिय कलाकार गायक छिरिङ भोटियाले मरिजाने चोला हो बिताउ हासेर गीत गाएर हेर्ने दर्शकहरुलाई मनोरञ्जन गराएका थिए । त्यसैगरी अर्को गायक गुरु भोटियाले क्षिटो ङिङ्ब क्षिटो ङिङ्ब गीत गाएर मनोरन्जन गराएका थिए ।

भव्य कार्यक्रम सम्पन्न भैरहँदा भने स्थानिय सरकारका जनप्रतिनिधि उपस्थित नभएपछि आयोजकले स्टेजबाट दुख व्यक्त गरेका थिए । आयोजकले यस्ता कार्यक्रम राज्यबाट गर्नुपर्नेमा स्वतस्फूर्त रुपमा गर्दा पनि राज्य स्थानीय सरकारले ध्यान नदिएको भन्दै कार्यक्रममा निमन्त्रणा गर्दासम्म वेवास्ता गरेको गुनासो गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित