स्यब्र लु नृत्य प्रतियोगिता सहितको बृहत सांस्कृतिक कार्यक्रमको सबै तयारी पुरा

काठमाडौं । मंसिर १५ गतेदेखि हुने बृहत सांस्कृतिक कार्यक्रमको संपुर्ण तयारी भैसकेको छ ।
हिमालयन युवा भोटे कपन काठमाडौंले गर्न लागिरहेको बृहत सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा कार्यक्रम संयोजक वाङ्छिरिङ खुम्बुवाले जानकारी दिए ।

यसै वर्षको देउसी भैलो खेलेर उठाएको रकमले दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको कुरा संयोजक खुम्बुवाले जानकारी दिए । संखुवासभा जिल्लाको भोटखोला गाँउपालिकाबाट काठमाडौंमा आएर अध्ययन तथा विभिन्न पेशा व्यवसायी गरेर बस्दै आएका युवायुवतीहरुले आफ्नो मौलिक तथा जातीय परम्परागत सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन गर्न हिमालय भोटे युवाद्वारा भोटखोला दोस्रो बृहत सांस्कृतिक कार्यकम गर्न लागिएको उनले बताए ।

संखुवासभा जिल्लाको भोटखोला गाँउपालिकाबाट काठमाडौंमा आएर अध्ययन तथा विभिन्न पेशा व्यवसायी गरेर बस्दै आएका युवायुवतीहरुले आफ्नो मौलिक तथा जातीय परम्परागत सांस्कृतिक संरक्षण तथा प्रबद्र्धन गर्न हिमालय भोटे युवाद्वारा भोटखोला दोस्रो बृहत्त सांस्कृतिक कार्यकम गर्न लागिएको उनले बताए ।

आयोजना हुन लागेको बृहत सांस्कृतिक कार्यकममा विशेषगरी स्याब्र नृत्य प्रतियोगिता हुनेछ । स्याब्र नृत्य प्रतियोगिताको लागि १५ वर्ष देखि २५ वर्षका युवायुवतीले सहभागी हुन पाउने संयोजक वाङछिरिङ खुम्बुवाले बताए ।
अघिल्लो पुस्ता लोप हुन लागेको स्याब्रु नृत्य प्रतियोगिता भोटखोला गाउँपालिकाबाट काठमाडौंमा बसोबास गर्दै आएका आमा समुहले युवायुवतीलाई प्रशिक्षण दिनेछ ।
कार्यक्रममा छिरीङ भोटे, उमंग लामा, गुरु भोटिया, लेण्डुक ल्होमी नुप्पा र नाम्जा फेक्नाक भोटेलगायत कलाकारको विशेष प्रस्तुति रहनेछ । संयोजक वाङ्छिरिङ खुम्बुवा, सह-संयोजक आकाश लिङ्बो, आर्थिक प्रमुख सन्तोश थिकेपा, व्यावस्थापकको जिम्मेवारी सागर थिकेपालाई दिएको छ।

प्रथम स्थान प्राप्त गर्ने समुहले नगद २० हजार प्राप्त गर्नेछ ।साथै शिल्ड अनि प्रमाणपत्र प्राप्त गर्नेछ । उपरोक्त पुरस्कार कर्मा भोटियाबाट सौजन्य भएको छ । त्यसैगरि दोस्रो स्थान प्राप्त गर्नेले नगद १० हजार रुपैया शिल्ड अनि प्रमाणपत्र प्राप्त गर्नेछ । जसका लागि कर्मा ज्यामु फाउन्डेसनबाट  सौजन्य प्राप्त भएको आयोजकले जनाएको छ ।

हालसम्म १३ समूहले नाम दर्ता गराएको हुनाले प्रत्येक सहभागी समुहलाई सान्त्वना पुरस्कार नगद पाँच हजार तथा प्रमाणपत्रको व्यावस्था गरेको कुरा आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित