संखुवासभा । संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा तीन दिने स्वास्थ्य शिविर संचालन भएको छ । भोटखोला गाउँपालिकाको आयोजना तथा एक पाइला काठमाडौ र मेची आँखा अस्पतालको सहकार्यमा स्वास्थ्य शिबिर संचालन भएको हो ।
काठमाडौंको हस्प्टिलबाट प्रदान गरिने बिशेसज्ञ स्वास्थ्य परामर्श तथा सेवा सुबिधा यही मंसिर ११ गतेदेखि संचालन भएको कुरा पालिका अध्यक्ष वाङ छेदर लामाले जनाएको छ । शिबिर भोटखोला गा.पा. वडा न. ३ स्थित हुङ्गुङ गाँउमा संचालन भएका थिए । शिबिर मंसिर १३ गतेसम्म संचालित थिए ।
शिबिरमा ३४ जना बिरामीको आँखाको शल्यक्रिया पनि भएको जनाएको छ । डा. सुमन थापाको नेतृत्वमा रहेको चिकित्सक टोलिले ती बिरामीको शल्यक्रिया गरेको जनाएको छ ।
आँखा बाहेक अन्य स्वास्थ्य सम्बन्धी समेत परिक्षण साथै परामर्श भैरहेको जनाएको छ । तीन दिनसम्म संचालन भएको स्वास्थ्य शिबिरमा आठ सय जना बढिले सेवा लिएको कुरा भोट खोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पासाङ भोटेले जानकारी दिए ।
चीन सिमा रहेको किमाथांका चेपुवा हटिया लगायतका स्थानका स्थानीयकासिले सेवा लिएका थिए ।
Discussion about this post