धरान । धरानको खानेपानीको श्रोतको रुपमा रहेको सर्दु जलाधार क्षेत्रको संरक्षण गर्न भन्दै लगाएको शुल्क ५ रुपैयाबाट २० रुपैया भएको छ ।
धरान खानेपानी व्यावस्थापन बोर्डले यस अघि एक घर अर्थात एउटा धारा मिटर बराबर प्रती महिना ५ रुपैया शुल्क लगाउदै आएका थिए । यस विषय खानेपानी व्यावस्थापन बोर्डका निर्देशक राजु पोखरेलसंग बुझ्दा यहि मंसिरबाट २० रुपैया कायम भएको जानकारी दिए ।
तत्कालीन समयमा सर्दु जलाधार बनाउन माग गरदै राजा बिरेन्द्रलाई बिन्तिपत्र चढाएपछी त्यहाँका बासिन्दालाई मोरङको बयरबन कानेपोखरी लगायतका क्षेत्रमा सट्टाभर्ना दिएर स्थानान्तरण गरेका थिए । तर कर्मचारीले लगत कट्टा नगरेको हुँदा भुमाफियाको चलखेल्पछी जग्गा किनबेज भएका थिए । त्यस विषय हाल सर्वोच्च अदालतमा मुद्दा छ ।
हर्क साम्पाङ मेयरमा निर्वाचित भएपछि त्यस क्षेत्रमा कडाइसंगै तारबार लगाउने वृक्षरोपण गर्ने सहित संरक्षण शुल्क भनेर ५ रुपैया समेत उपभोक्तालाई लगाउदै आएका छन ।
Discussion about this post