धरान । दाताहरुको आर्थिक जिन्सी सहयोगबाट करिब १७ लाख रुपैयाँमा निर्माण गरिएको मौनता क्षेत्र उद्घाटनपछि धरान उपमहानगरलाई हस्तान्तरण गरिएको छ ।
स्वतन्त्र दिदिबहिनी समूहले निर्माण कार्य शुरु गरेपछी मंसिर ११ गरे मेयर हर्क साम्पाङबाट उद्घाटन गरि हस्तान्तरण गरिएको छ । श्रम संस्कृति पार्कमा स्वतन्त्र दिदिबहिनी समूहले गरेको यो तेस्रो काम हो । यस अघि एस्डिबी रोज गार्डन् सम्पन्नपछि झाँक्री दह सम्पन्न गरेको कुरा मेयर हर्क साम्पाङले बताए । मेयर साम्पङले महिलाहरु चुलाचौका मात्र होइन अन्य काममा सक्षम छ भन्ने कुराको उदाहरण देखाउन पनि यी काम गरेको बताए । अब अर्को तेस्तै जिम्मेवारी काम दिने भन्दै एक हजार स्वतन्त्र महिला दिदिबहिनी जोडिन आग्रह गरे ।मौनता क्षेत्र निर्माण सम्पन्न गर्न धरान उपमहानगरको कुनै लगानी नभै दाताहरुको सहयोगमा काम भएको साङ्पाङले बताए ।
निर्माण कार्य सम्पन्न गर्न हिरा गुरुङ्को अध्यक्षतामा समिति गठन गरि जिम्मेवारी दिएका थिए । निर्माण कार्यको अवधिमा ८१ जना दाताहरुले आर्थिक जिन्सी लगायतको सहयोग उपलब्ध गरिएको कुरा आय व्यय प्रस्तुत गर्दै सुनिता बडामाले जानकारी दिए । कोषाध्यक्षका अनुसार दाताबाट १० लाख १६ हजार २५२ रुपैया उपलब्ध भएका थिए । त्यसैगरी टाली बिक्रिबाट ४५ हजार र झाँक्री दहमा बचत रहेको ५ हजार सहित कुल १० लाख ६६ हजार ३५१ रुपैया भएको जानकारी दिए ।
महिला दिदिबहिनीहरु जम्मा ९९ जनाले ११४८ दिन श्रमदान गरेको पनि जानकारी दिए । जसलाई दैनिक ६ सय रुपैयाको ज्याला हिसाब गर्दा ६ लाख ८८ हजार ८०० रहेको बताए । निर्माण सामग्री मिस्री ज्याला कार्यक्रम खर्च सबै गरि ९ लाख ९१ हजार ३१६ रुपैया खर्च देखाएको छ । जस्मा श्रमदान बापत समेत जोडेर मौनता क्षेत्र सम्पन्न गर्न कुल १६ लाख ८० हजार ११६ रुपैया लागेको जानकारी दिए ।
ग्रीन बुद्धको मुर्ती समेत राखेर बनाएको पार्क जसलाई मौनता क्षेत्रको नाम दिएको छ । नेपालमा जन्मेको शान्तिका दुत महापुरुष गौतम बुद्धले ज्ञान प्राप्त गरेको वातावरण ध्यानलाई स्मरण गराउने स्थानको रुपमा मौनता क्षेत्र निर्माण गरिएको मेयर साङ्पाङले बताए । यस क्षेत्रमा कोहि बोल्न पाउने छैन । प्रेमिकाप्रेमी समेत जाँदा पनि त्यहाँ बोल्न नपाउने मेयरले बताए ।
Discussion about this post