म किरात विरोधी होइन, किरात पहिचान के हो, के होइन, मेरो बुझाई मात्र भन्न सक्छु – बालकृष्ण माबुहाङ

‘पहिचानवादी मोर्चा’ को निम्तोमा हिजो बोल्न पुगेँ। निम्तो मुनि एक मित्रको कमेन्ट थियो कि म किरात विरोधी हुँ, त्यसकारण उनको उपस्थिति नहुन सक्छ।

मलाई त्यो कमेन्ट देखेर थाहा भयो म कसैको विरोधी रैछु, र मेरा विरोधी पनि रहेछन। होलान मेरो विरोधी, नो प्रोब्लम! तर म कसैको विरोधी होइन। किरात, हिन्दु, बौद्ध, इस्लाम, जैन, वा इसाई कसैको विरोध गर्नु छैन।

विरोधी भनेको सत्रु, बैरी भनेको छ, नेपाली शब्दकोष मा। गणनामा किरात धर्म लेख्ने मेरै दाजु, दिदी, भाइ, भतिजा, सालो-साली होलान। किरात धर्म साहित्य उत्थान सङ्घमा ज्वाइँ, सम्दि, भाना-भान्जी छन, अनि उनीहरू मेरा सत्रु बैरी हुन त!? होइन नि। तर किन विरोधी (सत्रु, बैरी) भन्छन वा भनियो होला।

गलत वा सानो बुझाइले, कित मलाई विरोधी (बैरी, सत्रु) देखाएर ससानो वा ठूलठूलो दुनो सोझ्याउनु छ र भन्दा हुन। तर मैले बुझेको किरात, जसरी व्यापक मूल्य-मान्यतामा, ईतिहास र सभ्यतामा महत्वका साथ पुकारिन्छ, त्यस्तो होइन र छैन। अझ हिन भावना र महत्त्वका साथ आदिम आदिवासी जनजातिलाई बुझाउने नकारात्मक पहिचान हो, किरात। जुन आदिवासी जनजाति आन्दोलनले सच्याइ सक्यो। त्यसकारण आफूलाई किरात होइन, “आदिवासी वा जनजाति,” भनौँ। मेरो बुझाई यो हो।

जस्लाई जे भन्नू छ, भनुन। तर मैले त मेरो काम गर्नु न छ। यही शिलसिलामा हिजो “पहिचावादी राजनीति, बुद्धिजीवीको भूमिकामा” बोलियो।

पहिचान भन्नाले, “कुनै वस्तुको गुण, मूल्य र पारख,” बुझाउने रहेछ, नेपाली भाषाको शब्दकोषमा। ३ करोड नेपालीमा कतिको गुण, मूल्य र पारख के छ? राजनीति, समाज, शैक्षिक, प्राज्ञिक, र बौद्धिक वर्गलाई चेत छ कि छैन? पहिचानको बहस त्यो हो।

मलाई लाग्छ राणा, राजा, काङ्ग्रेस र कमनिस्टलाई आम नेपाली जनताको गुण, मूल्य र पारखको जति मतलब हुन पर्ने, छैन। आफ्नै जहानको जहाँनिया, कुल वंशको शाही राजतन्त्रको, पुँजीपतिको प्रजातन्त्रको, सर्वहारा वर्गको नाउँमा भुईफुट्टे नवशामन्तको मात्र मतलब छ। त्यसकारण पहिचानवादी आन्दोलन, बुद्धिजीवीको अहम महत्व छ, भनेर प्रस्ट्याउन प्रयत्न गरियो।

राजनीतिको कुरा गर्दा दुई अन्तर्राष्ट्रिय व्यक्तितवको चर्चा गरेँ। अघोरी कम्युनिस्ट फिडेल क्यास्ट्रो र पुँजी वादी नेता विलक्लिन्टनको।

क्यास्ट्रो समस्या पर्योकि जनताको माझ पुग्थे, र समस्याको हल लिएर हवाना फर्कन्थे। उनी एक सफल नेताका रूपमा बाँचिरहे। उनको लागि जनता नै ज्ञानको स्रोत बन्यो। कमनिस्ट बिरोधी छिमेकी मुलुक अमेरिकामा डेमोक्रेटिक पार्टीको कमला ह्यारिस यो पटक नराम्ररी हारे। त्यही पार्टीको नेता विलक्लिन्टन अस्ति मंगलबार बोल्दै थिए, उनको “जीवनी,” (मेमोइर) को विमोचनमा।

उनले भने, “एकलो र पछि छोडिएका जनतालाई सहयोग गर! … जनताको माझ बिल्कुलै केही नजानेकोले जाने हो। जानेको छ भने काम छैन। केही नजानेको नेता, कार्यकर्ता जनताको बिच पुगेर जान्न थाले पछि, जानकार बन्ने बित्तिकै हामरो राजनीति बौरियर उठ्छ। डमोक्रेटको राजनीतिले सफलता प्राप्त गर्छ। मलाई टिभी र ठूलठूला आमसभा मन पर्दैन। बरू गाउँघरको दुर दराज मनपर्छ। किन अमेरिकन रिपब्लिक मनपराउँछन् बुझ्न, जान्न मन लाग्छ, र डेमोक्रेट मनपराउन जनतालाई सम्झाउँछु, बुझाउँछु।…. गत चुनाउमा म जर्जिया र न्युक्यारोलिनाको गाउँघर तिर क्याम्पिङ्मा थिएँ। …. अमेरिकाले महिला राष्ट्रपति चुन्न सकेन। सम्भवतः रिपब्लिकन पार्टीले बेलायतमा कन्जर्भेटिव पार्टीले थ्याचर जस्तो एक शसक्त महिला राष्ट्रपति एकदिन चुन्ला।”

क्लिन्टन आफै वाप्टिस्ट चर्चका अनुयायी हुन। उनी भन्छन,”politics is is only the best business in which you can prove your authenticity by not knowing anythimg.” (राजनीति नै सबै भन्दा राम्रो क्षेत्र हो, जहाँ तपाईंले केही जानीनबुझिकन नि आफ्नो आधिकारकता सिद्ध गर्न सक्नु हुन्छ। ) उनकै उपरोक्त भनाई चर्चा गर्दै बोलेँ। मोर्चा कै एक नेताले सोधे, “क्लिनटन कै कुरा किन!? मैले भने अरूकारणले नभई जनताको राजनीति गर्न उनका भनाईहरू सान्दर्भिक लागेर। नभन्दै दुबै क्यास्ट्रो र क्लिन्टनको साझा कुरा जनता नै हुन।

क्लिन्टनको कुरो सुनेर गजब लाग्यो। सन्दर्भ र सम्बन्धका विभिन्न विचारका कुरोकुन्तो पहिचानवादी मित्रहरूसित राखेर दिन विताएँ।

सबैको जयहोस!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित