काठमाडौ । सत्तामा नै रहेका एमालेले जनजागर अभियान भन्दै काठमाडौ स्थित दरवार मार्गमा कार्यक्रम आयोजना गर्दा फोहोर गरेको भन्दै काठमाडौ महानगरका मेयर बालेन साहले एमालेलाई एक लाख रुपैया जरिवाना तोकेको छ ।
काठमाडौ महानगरले शुक्रबार नेकपा एमालेलाई पत्र लेख्दै एक लाख रुपैया जरिवाना तोकिएको जानकारी दिएको छ । पत्रमा -`प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं.-१ दरवारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० अक्षरुपी एक लाख जरिवान गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु उल्लेख छ ।´
एमाले आफै सत्तामा रहेर पनि प्रतिपक्षी जस्तै गतिविधि गरेपछि आलोचना भएको छ । सत्ताको चाबी आफ्नै हातमा हुँदाहुँदै प्रतिपक्षीले सत्तापक्षलाई दवाब दिएको जस्तै सभा सम्मेलन गरेपछि सामाजिक संजालमा एमालेको आलोचना भएको छ । जागर सभामा बोल्नेहरुले पनि मेयर बालेन साहको विरुद्ध बोकिरहेको देखिन्थे । संघमा मात्र नभै प्रदेश तथा स्थानीय सरकार अधिकांश एमाले काङ्ग्रेसको कब्जामा रहे पनि शिर्ष नेता केपि ओलि सहित एमाले कार्यार्कर्ता मेयर बालेन साह विरुद्ध खनिरहेका छन ।
Discussion about this post