धरान । मेयर हर्क साम्पाङको परिकल्पना सुम्निमा पारुहाङ प्रतिमा निर्माण सहयोगार्थ सांगीतिक महाधमका आज धरानमा हुने भएको छ ।
गत असोज १५ गते वर्षाका कारण स्थगित भएको सांगीतिक कार्यक्रम आज मंसिर ७ गते हुने भएको छ । सुम्निमा पारुहाङको विशाल प्रतिमा सहित किरात धर्म दर्शन तथा त्यस बिषयमा खोज अध्ययन समेत हुनेगरिको संरचना बनाउने कुरा मेयर हर्क साम्पाङले बताए ।
प्रतिमा धरान-२० स्थित चिण्डे डाँडामा निर्माण हुने भएपछी हाल आवस्यक जग्गा खरिद गरिने काम भैरहेको कुरा सुम्निमा पारुहाङ प्रतिष्ठानका सचिव हेन्सेन यक्खाले जानकारी दिए । कार्यक्रमलाई सिल्भर इन्टरटेन्मेन्टले संयोजन गरिरहेको छ ।
सांगीतिक कार्यक्रमका लागि सबै कलाकारहरू धरान आइपुगेका छन् ।आज हुने कन्सर्टमा चर्चित कलाकार सविन राई, जोन राई, पूर्ण राई, विष्णु चेम्जोङ, द्रब्य, आरोही ब्याण्डको बेजोड प्रस्तुति हुने कुरा आयोजकले जानकारी दिए । आजको सांगीतिक कार्यक्रममा मेयर हर्क साम्पाङको समेत विषेश प्रस्तुति रहने कुरा आयोजकले जनाएको छ ।
आज हुने कार्यक्रम दुई चरणमा हुनेछ । ‘शुरुमा प्रतिमा लागि सहयोग गर्ने दाताहरूको सम्मान कार्यक्रम राखिनेछ । त्यसपछि ठीक ५ बजेदेखि सांगीतिक कार्यक्रम शुरुवात हुनेछ ।
सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि भन्दै मेयर हर्क साम्पाङ युकेमा धरान युके समाजको निमन्त्रणामा भ्रमण समेत गरेको छ । उक्त भ्रमणबाट प्रतिमा निर्माणका लागि ५ करोड २८ लाख ३८ हजार आर्थिक सहयोग प्राप्त भएको मेयर साङ्पाङले जानकारी दिए ।
सुम्निमा पारुहाङको प्रतिमासहितको पार्क निर्माणका लागि बिस्तृत अध्यन डिजाइन तयार गर्नुका साथै त्यहाँ भएका जग्गा खरिद प्रक्रियाका लागि बैना भइरहेको मेयर साम्पाङले जानकारी दिए । प्रतिमा राज्य कोषबाट कुनै लगानी नहुने र सर्वसाधारणको सहयोगमा निर्माण गरिने भन्दै साम्पाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति रहेको ‘सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल’ नामको संस्था समेत स्थापना भैसकेको छ ।
Discussion about this post