मिजार समाज सेवा उदयपुरको दोस्रो जिल्ला अधिवेशन,कृष्ण विसुन्केको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन

नवीन रम्तेल

उदयपुर (गाईघाट ) मिजार समाज सेवा उदयपुरको दोस्रो जिल्ला अधिवेशनले कृष्ण विसुन्केको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।

मंसिर १ गते गाईघाट स्थित जिल्ला समन्वय समितिको सभा हलमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिकोमा  उपाध्यक्षमा तारा सुयल, सचिवमा विकास एस के सह सचिवमा धनुका मंग्राती, कोषाध्यक्षमा रिता अछामी, सह कोषाध्यक्षमा पर्वत मग्राती र सदस्यहरूमा केशव सुर्खेती, किरण रोका,पदम कोइराला, दलबहादुर बोगटी र बलबहादुर विसुन्के रहेका छन्।

त्यसैगरी संरक्षकमा पूर्व अध्यक्ष श्री ध्रुव सार्की , सल्लाहकार समितिमा लालबहादुर रम्तेल,गोपी मिजार, तिलक अछामी,ढकबहादुर सार्की, दिलबहादुर धौलाकोटी र कमल मंग्राती रहेका छन्।

नेपालमा पाँच लाख मिजार समुदाय रहेको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशमा ४.१% सबैभन्दा बढी गोरखा जिल्लामा ७.६% र उदयपुरमा मात्रै २.६% मिजार समुदाय रहेका छ्न्। हाम्रो जाति शिक्षाको अभावमा हिनताबोध राखेर बाँच्न बाध्य भएको छ तर नेपालको संविधान २०७२ को धारा १८ मा समानताको हक, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक र धारा ४०मा दलितको हक मुलुकी अपराध संगीता २०७४ को दफा १६० मा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुर जस्ता उपचारको हकले समग्र दलितको न्यायमा पहुँच पुगेको कुरा प्रमुख अतिथिको रूपमा मिजार समुदाय महासङ्घ एक नम्बर प्रदेश समितिका महासचिव अधिवक्ता नवीन रम्तेलले बताउनुभयो।

ख्याली मारुनीका प्रबर्तक सार्की जातिको इतिहासमा सुर्खेतको डुमकोट,मुगुको भियालकोट बाजुराको भुल्कोट जुम्लाको सार्कीकोट र बैतडीको चमाकोटमा सार्कीका राजाहरूले राज्य गरेको इतिहास पाइएको उल्लेख छ।
सार्की जातिलाई पछिल्लो समयमा मिजार भनि सम्मानित शब्द प्रयोग गर्ने चलन भएको एतिहासिक कुरा बिषेश अतिथिको रुपमा बोल्दै मिजार सेवा समाज सुनसरीका अध्यक्ष बिजय आछामीले बताउनु भयो।

भेलामा मिजर समुदाय महासङ्घका प्रदेश सल्लाहकार तिलकअछामी,मिजार समुदाय महासङ्घका सचिव गोपी मिजार, मिजार समुदाय महासङ्घ प्रदेश सदस्य अमृता रोक्कां, मालपोत कार्यालय उदयपुरका सुब्बा दिलबहादुर धौलाकोटीको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित