धरान । हर्क साम्पाङ मेयरमा निर्वाचित भएपछी बन्न थालेको श्रम संस्कृति पार्क भित्र रहेको २७ लाख बढि लागतमा निर्माण भएको आरा धरान सहितको संरचना धरान उपमहानगरलाई हस्तान्तरण भएको छ ।
आरा धरान निर्माणमा लागेका मुर्तिकार समेत रहेका रोजन राईले देश विदेशमा रहेका सहयोगी दाताहरुले दिएको सहयोगमा निर्माण भएको संरचनालाई विधिवत रुपमा हस्तान्तरण गरिएको हो । आरा धरान परिसरमा आज भव्य रुपमा औपचारिक कार्यक्रम गर्दै मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरियो ।
शुरूवात चरणमा आरा धरानको प्रतिमा मात्र रहेको त्यो क्षेत्रमा क्रमिक रुपमा विभिन्न दाताबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी भएपछी हालको अवस्था आएको भन्दै मुर्तिकार रोजन राईले शुरुवाती चरणदेखिको सबै नालिबेली उपस्थित सभामा जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा उप मेयर आइन्द्र बेघाको पनि उपस्थिति रहेका थिए । तर कार्यपालिका सहित अन्य जनप्रतिनिधिलाई समेत निमन्त्रणा दिएको र कार्यक्रम स्थलमा आसन ग्रहणका लागि बोलाए पनि कोहि पनि उपस्थिति देखिएन ।
कार्यक्रममा आर्थिक सहयोगी दाता,श्रमदाता र मिडियाकर्मिहरुलाई सम्मान प्रसंसा पत्र प्रदान गरिएका थिए ।
Discussion about this post