सरसफाइ अभियानले सय हप्ता पार गर्‍यो

धरान । हर्क साम्पाङ मेयर पदमा निर्वाचित भएपछि धरानको मुटु लोकतान्त्रिक चौतारी अनि बसपार्क परिसरमा सरसफाइ अभियान थालेको आज सय हप्ता टेकेको छ ।

हरेक विहिबार साँझ सरसफाइ गरिदै आएको सरसफाई अभियान आजबाट सय हप्ता पार गरेको अवसरमा स्वयं मेयर हर्क साम्पाङको उपस्थिति रहेका थिए । हरेक हप्ताको बिहिवारलाई सरसफाइ बार समेत नामाकरण गरेर धरानको केन्द्रबिन्दुमा सरसफाई गरिदै आएका छन ।

नियमित रुपमा श्रमदानमा लागेका श्रमदाताहरु नै यस सरसफाई अभियानमा लाग्दै आएका छन । सरसफाइलाई थप प्रभावकारी बनाउन बिहिवारकै दिन बिहान पनि धरानका अन्य क्षेत्रमा पनि सरसफाइ गरिदै आएको छ । तर बिहिवार साँझको समयमा भने बसपार्क लोकतान्त्रिक चौतारी घण्टाघर आसपासमा नै सरसफाइ गरिदै आएका छन ।

सय हप्ता पुगेका अवसरमा बिल्दै यो कुनै स्टण्टबाजि नभएको जिकिर मेयर साम्पाङले गरे । हाल सरसफाई अभियानको नेतृत्व एमके वाङ्देलले लिएको भन्दै त्यसमा सबैले साथ दिएको उल्लेख मेयरले गरे । सय हप्ता भनेको सात दिन रहेको भन्दै आफुले शुरूवात चरणमा भोलाको खोल टिपेर गरेको स्मरण साम्पाङले गरे । तत्कालिन अवस्थामा डस्टबिनको व्यावस्था नभएको भन्दै डस्टबिन राख्ने शुरूवात गरेको बताए । तर अहिले डस्टबिनको ढकनी डस्टबिन समेत हराउने अवस्था रहेको बताए ।

लोकतान्त्रिक चौतरी बसपार्क भानुचोक आसपास पहिलो प्राथमिकता दिएर सरसफाइ गरेको उल्लेख गरे । सरसफाइ परिसरमा वडा अध्यक्ष मार्फत डस्टबिन उपलब्ध गराउने आश्वासन पनि दिए । मेयर साम्पाङले फोहोर भनेर रुखको पात नभै मानविय रुपमा पारिएको प्लाष्टिकजन्य फोहोरलाई लिनु सकिने बताए । हाल सरसफाइ भैरहेको परिसरमा पोलमा रगेको तारले समेत अशोभनीय फोहोर देखिने बताए । त्यसकालागी प्राविधिकसंग सल्लाह लिइ अन्डरग्राउण्ड गर्नुपर्ने होकि सोही अनुसार बजेट ब्याबस्था गरिने बताए । लाइटिङ सिस्टमको व्याबस्था समेत गर्ने योजना रहेको भन्दै आजको आज नै नभए पनि क्रमिक रुपमा हुने दृढता देखाए । उनले अब बिद्युतिय सवारिको कुरा गर्दै जस्लाई आवस्यक पर्ने चार्जिङ पोइन्ट समेत राख्ने योजना बताए ।

बसपार्क धरान उपमहानगर वडा नम्बर २ मा पर्ने भएकोले सय हप्ताको अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष रमेश राईको समेत उपस्थिति रहेका थिए ।

मेयर हर्क साम्पाङले सरसफाइसंगै हरेक शुक्रबार लागू औषध बिरुद्धको जनचेतना कार्यक्रम गरिदै आएको छ ।जसलाई सफा बार नाम दिएको छ । त्यसैगरी हरेक शनिवार श्रमदान अभियान थालेपछि त्यसलाई श्रमबार भनिदै आएको छ । त्यसैगरी हरेक मंलबार नेपालको शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्दै प्रदर्शन गरिदै आएको छ । त्यसलाई जनमत बार नामाकरण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित