चार वर्षको लामो अन्तरालपछि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको १३ औं दिक्षान्त समारोह भव्य सम्पन्न

धरान । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको समुपस्थितीमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोह भव्यतापूर्वक सम्पन्न भएको छ ।

प्रतिष्ठानबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्न प्रतिष्ठानबाट वार्षिक रुपले आयोजना हुनुपर्ने दीक्षान्त समारोह विभिन्न कारणले लामो समयदेखि हुनसकेको कुरा प्रतिष्ठानका सह प्रवक्ता डा. अभिसेकले जानकारी दिए । सन् २०१६ मा १२औं दीक्षान्त समारोह सम्पन्न भए पश्चात् हालसम्म हुन नसकेको दीक्षान्त समारोह, प्रतिष्ठानका पदाधिकारीहरुको अथक प्रयास पश्चात् मिति २०८१ कार्तिक २६ गते सोमबार (११ नोभेम्बर, २०२४ )का दिन भव्यतापूर्वक सम्पन्न भएको छ ।

समारोहका मुख्य अतिथि छिमेकी मित्र राष्ट्र भारतका प्रा.डा. ज्योतिर्मोय पंल हुनुहुन्थ्यो । वहां एसोसिएसन अफ फिजिसियन अफ इण्डियाका वर्तमान अध्यक्ष तथा भारतका सुविख्यात शिक्षाविद् हुनुहुन्छ । वहां इण्डियन कलेज अफ फिजिसियनका निवर्तमान डीन तथा वेष्ट बेंगाल यूनिभर्सिटी अफ हेल्थ साइन्सेजका काउन्सिल मेम्बर समेत हुनुहुन्छ ।

प्रतिष्ठानका संचालक परिषद् सदस्यहरु, प्रतिष्ठानका पदाधिकारी हुंदै प्रष्ठिानका सहकुलपति एवं स्वास्थ तथा जनसंख्या मन्त्री प्रमुख अतिथिज्यू तथा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री क्रमबद्ध रुपमा ग्रेसहलबाट मार्चपास गर्दै आएर दीक्षान्त मण्डपमा आसिन भए पश्चात् राष्ट्रिय गान, बटुकहरुबाट स्वस्ति वाचन हुंदै प्रतिष्ठानका विद्यार्थीहरुबाट सरस्वती वन्दना स्तुती गर्दै कार्यक्रमको प्रारंभ भएको थियो ।

कार्यक्रमको प्रारंभ संगै प्रधानमन्त्रीले दीप प्रज्ज्वलन गरी कार्यक्रमको विधिवत उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा दीक्षित हुन आएका विद्यार्थी र वहांहरुका अभिभावक, प्रतिष्ठानको स्कूल, बिभाग, महाशाखा, शाखाका प्रमुख लगायत अधिकृतहरु, वार्डका प्रमुखहरु लगायत नर्सिङ अधिकृतहरुका साथै प्रतिष्ठान बाहिरबाट संघिय सांसद, प्रदेश सभाका उपसभामुख लगायत प्रदेश सभा सदस्यहरु, धरान उपमहानगरपालिकाका मेयर, उपमेयर, प्रशासनिक पदाधिकारी लगायत वडा अध्यक्षहरु, कोशी प्रदेश भरिका सुरक्षा निकायका पदाधिकारीहरु लगायत सुरक्षाकर्मीहरु, सरकारी निकायका प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, राजनैतिक व्यक्तित्वहरु, सामाजिक अगुवाहरु, प्रतिष्ठित व्यक्तित्वहरु, पत्रकारहरु आदि गरी ३ हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

यस लगत्तै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्वागत मन्तव्य दिनु भएको थियो । तत्पश्चात वहांले दीक्षित हुने विद्यर्थीहरुलाई सम्बोधन गर्दै उक्त दिन हामी सबैका लागि विशिष्ट दिन भएको र हामीले आफ्नो सफलतामा खुसी मनाउने र आफुले गरेका कामका बारेमा चिन्तन गर्ने क्षण पनि भएको बारे बताउनु भयो भने दीक्षित हुन आएका त्यहा उपस्थित विद्यार्थीहरुको सफलताका लागि योगदान पुर्‍याउनु हुने वहाहरुका माता पिता, गुरु तथा समाजले प्रदान गरेको हौसला प्रति सदैव आभारी हुन आग्रह गर्नु भयो । मूलभूत रुपमा चिकित्सा शिक्षा, स्वास्थ्य अनुसन्धान र स्वास्थ्य सेवा प्रदान गर्ने तीन उद्देश्यहरू सहित स्थापित नेपालमा एक मात्र Non-practicing Institute को रुपमा संचालित यस प्रतिष्ठानमा हाल अध्ययन अध्यापन भई रहेका संकायहरुमा स्नातक तहमा MBBS, BDS, B.Sc. Nursing, B.Sc. Midwifery, B.Sc. MIT., B.Sc.MLT, B.Sc. Perfusion Technology , :gftsf]Q/ txdf MD/MS, MDHA, MDS, M.Sc., M.Sc. Nursing, MPH तथा सो भन्दा माथिल्लो तहमा सम्मको अध्ययन अध्यापन हुने गरेको बारे पनि उपकुलपतिज्यू मन्तव्यमा जानकारी गराउनु भयो । जानकारी गराउने क्रममा वहाले प्रतिष्ठानले हालसम्म विभिन्न विषयमा ५४९७ जना जनशक्ति उत्पादन गरेको जसमध्ये phD मा २ जना MD MCH मा २९ जना,MD Ms मा १३९४ जना,MDHA मा ४ जना, ःम्क् मा १३० जना,Fellowship मा ११ जना,M.Sc. Basic Sciences मा ३३२ जना,MPH मा १८९ जना उत्पादन गरेको बारे बताउनु भयो । त्यसै गरी,मा १८९ जना उत्पादन गरेको बारे बताउनु भयो । त्यसै गरी,MBBS मा १८८९ जना,BDS मा ७९३ जना,B.Sc. Nursing मा ४६० जना,BN मा ५६ जना,B.Sc. MLT मा ५६ जना, B.Sc. MIT मा ११२ जना तथा मा ११२ जना तथा Certificate Nursing मा ११२ जना तथा Certificate in Operation Theatre and Allied Sciences Technology मा ४८ जना,B.Sc. OT & AS मा ८ जना रहेको बारे बताउनु भयो । संगसंगै हाल प्रतिष्ठानमा ८४३ छात्र र ७९८ छात्रा अध्ययनरत रहेको र जसमध्ये स्वदेशी विद्यार्थी १५५८ र विदेशी विद्यार्थी ८३ जना गरी जम्मा १६४१ विद्यार्थीहरू अध्ययनरत रहेको बा रे अवगत गराउनु भयो ।

प्रतिष्ठानको शैक्षिक पाटो तर्फको जानकारी गराउने क्रमको अन्त्यमा दीक्षित हुन सहभागी हने विद्यार्थीहरू बारे बताउदै PhD मा १ जना DM/MCh मा ७ जना, MD/MSमा १९९ जना,MDHA मा २ जना,MDS मा ४३ जना,M.Sc. Nursing मा ७३ जना,M.Sc. Basic Sciences मा १ जना MPH २६ जना,MBBS मा १३२ जना,BDS मा १०० जना,B.Sc. Nursing मा ५७ जना,B.Sc. MLT मा १ जना र B.Sc. MIT मा १५ जना गरी जम्मा ६५७ जना विद्यार्थीहरू रहेको अवगत गराउनु भयो ।
त्यसैगरी, उपकुलपतिज्यूले प्रतिष्ठानले दिंदै आएको सेवा सम्बन्धी जानकारी गराउंदै प्रतिष्ठानले नेपालको कोशी प्रदेश र मधेश प्रदेश लगायत छिमेकी मित्र राष्ट्र भारतको सिमावर्ती क्षेत्र विहार र पश्चिम बंगालको साधारण जनतालाई दैनिक ३५०० देखि ४००० जनासम्म विरामीहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको बारे बताउनु भयो ।

प्रतिष्ठानको उपलब्धिमूलक कार्यहरू बारे प्रकाश पार्ने क्रममा शुरुवातमा १५० शैयाको अस्पतालबाट विकास एवम् विस्तार हँुदै हाल प्रतिष्ठानमा ९१३ शैया सञ्चालनमा रहेको, मुटु रोगको उपचारका लागि ऋबतज ीबद एवम् मुटुको शल्य चिकित्सा सेवा उपलब्ध रहेको, क्ष्ऋग् द्यभम को कमी भएबाट विरामी उपचारमा अप्ठ्यारो परिस्थिति श्रृजना भई सो को समाधानका लागि ३२ बाट हाल ४२ बेड थप गरी ७४ क्ष्ऋग् द्यभम बनाइएको साथै डायलासिस सेवाका लागि २० वेड थप भई सञ्चालनमा ल्याइएको बारे आप्mनो मन्तव्यमा अवगत गराउनु भयो ।त्यसैगरी, उपकुलपतिज्यूले इमर्जेन्सी सेवाको स्तरोन्नती गरिएको, बन्द रहेको प्रतिष्ठानको फार्मेसी सेवा सुचारु गरिएको र फार्मेसीका लागि छुट्टै भवन निर्माण कार्य समेत लगभग सम्पन्न भई हस्तान्तरण हुने क्रममा रहेको जानकारी गराउनु भयो ।

रेडियोलोजी सेवा तर्फ जानकारी गराउंदै नेपालमै दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २५६ स्लाइसको CT Scan मेसिन खरीद एवं जडान भइ सञ्चालनमा रहेको र ३ टेस्लाको Public Private Partmership मेसिन खरिदका लागि प्रतिष्ठानले बैंक ऋण लिएर वा Liquid Oxygen Tank मेसिन जडान गर्ने प्रक्रिया अगाडि बढाइ सकिएको बारे वहांले बताउनु भयो । जडान भई सञ्चालनमा रहेको, ३० वटा नयाँElectrical Dental Chair वटा नयाँ भ्भिअतचष्अब िम्भलतब िऋजबष्च खरीद एवं जडान भई सञ्चालनमा ल्याइएको बारे अवगत गराउनु भयो ।

जानकारी दिने क्रममा वहांले ४ सय शैंयाको Maternity & Child Health Centre सम्पन्न हुने अवस्थामा रहेको र सो भवनमा Oncology, Cardiology Centreपूरा नहुन्जेलसम्म क्यान्सर तथा मुटु रोग उपचार सेवाका लागि आवश्यक न्यूनतम शैया छुट्याई सञ्चालनमा ल्याउने योजना रहेको बताउनु भयो । यसै विषयलाई जोड्दै वहांले थप्नु भयो ूक्यान्सर रोगको उपचारका लागि २०० वेडकोOncology Centre र मुटु रोगको उपचारका लागि २०० वेडको ऋबचमष्ययिनथ ऋभलतचभ निर्माणका लागि प्रतिवेदन तयार पारी संचालक परिषद्को आगामी बैठकबाट प्रक्रिया सुचारु गर्न बजेट सुनिश्चितताका लागि नेपाल सरकारस“ग आवश्यक पहल गरिएको जानकारी दिए ।

काठमाडौं बाहिर नेपालमा पहिलो पटकBurn Centre को स्थापना भई सञ्चालनमा ल्याउने तयारी भईसकेको र यथाशिघ्र सञ्चालन हुने अवस्थामा रहेको बताउदै प्रतिष्ठान अस्पताल सेवा लगायत अन्य कार्यहरू समेत Paperless गर्ने उद्देश्यले Digitalization का लागि भारत सरकारको सहयोगमा Integrated Software जडानका लागि आवश्यक पहल भइरहेको समेत जानकारी गराउनु भयो । प्रतिष्ठानको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार सम्बन्धी जानकारी दिंने क्रममा वहांले वेल्जियम स्थित Institute of Tropical Medicine, Antwerp संस्थास“ग कालाजार रोग नियन्त्रण र निवारणमा पुनः ५ वर्षको लागि सम्झौता नवीकरण गरिएको छ भने अनुसन्धात्मक गतिविधि एवम् शैक्षिक उन्नयनका लागि नेदरल्याण्डको Maastricht University स“ग सहकार्य गर्नका लागि Bilateral सम्झौता नवीकरणको प्रक्रिया अगाडि बढाइनुका साथै London sf Bolton University स“ग शैक्षिक तथा अनुसन्धात्मक सहकार्यका लागि द्विपक्षीय ःयग् गर्ने सहमति भएको बारे पनि अवगत गराउनु भयो ।

आप्mनो मन्तव्यको अन्त्यतिर बढ्दै गर्दा उपकुलपतिज्यूले ूचिकित्सा शिक्षा र अस्पतालको स्वास्थ्य सेवामा उल्लेख्य सुधार गर्नुपर्ने तथा प्रतिष्ठानको समग्र शैक्षिक, अनुसन्धानात्मक, अस्पताल सेवा, प्रशासनिक एवम् आर्थिक स्तरोन्नतिका लागि महत्वपुर्र्न कदमहरू चाली ठोस कार्यहरू गर्नुपर्ने आजको आवश्यकता रहेको बतायेका थयिे । यसर्थ प्रतिष्ठानको विकास र विस्तारमा सम्बद्ध सबै सरोकारवाला निकायहरूलाई आ-आप्mनो स्थानबाट भूमिका निर्वाह गरिदिन हुनका लागि हार्दिक आह्वान गर्नु भयो । प्रतिष्ठानको कार्यक्षेत्र एक ठाउ“मा मात्र एउटा सा“घुरो दायरा भित्र सीमित नराखी यसलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्दै चिकित्सा तथा स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमहरूलाई दुर्गम क्षेत्रमा समेत विस्तार गर्न वर्तमान ऐनलाई प्रतिस्थापन गरी वी.पी. कोइराला स्वास्थ्य विज्ञान विश्वविद्यालय(B. P. Koirala University of Health Sciences)सम्बन्धी ऐनको व्यवस्थाका लागि सम्माननीय कुलपति एवम् सहकुलपतिज्यूलाई सादर अनुरोध गर्नु भयो ।

उपकुलपतिज्यूको मन्तव्य पश्चात् सहकुलपति तथा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूले आप्mनो मन्तव्य राख्नु भयो । मन्तव्यको क्रममा वहाले प्रतिष्ठान नेपालकै सबै भन्दा ठुलो प्रतिष्ठान भएको र यसले देशको स्वास्थ स्थिती सुधार गर्न निर्वाह गरेको भूमिका निकै महत्वपूणर् रहेको बताउनु भयो । प्रतिष्ठानको गरिमालाई अझ उचाईमा पुऋयाउन सबै सरोकारवालाहरुले थुप्रै कार्यहरु गर्न जरुरी रहेको बताउंदै यसलाई समय सापेक्ष प्रविधि उपलब्ध गराउन, अझ बढी स्वास्थ्य जनशक्ति उत्पादन गर्ने वातावरण मिलाउन, उपचार सेवा अझ व्यवस्थित गर्न ढटेर कार्य गर्नुको विकल्प नरहेको वहांले औंल्याउनु भयो । प्रतिष्ठानको आर्थिक अवस्था सुधारका लागि नीतिगत छलफल तथा निणर्यको आवश्यकता रहेको बारे वहांले प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण समेत गराउनु भयो । नेपालको स्वास्थ्य नीति बलियो बनाउन दीक्षित भएका विद्यार्थीहरुबाट पनि योगदानको अपेक्षा गरेको वहांले आप्mनो मन्तव्यमा बताउनु भयो । नेपाल सरकारको विद्यालय नर्स कार्यक्रम ल्याउने योजना भए बमोजिम त्यसका लागि आवश्यक जनशक्ति देशमा पर्याप्त नहुने भएको हुंदा त्यसका लागि स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने तर्फ नेपाल सरकार उदार रुपले लाग्नु पर्ने आवश्यकता बारे वहांले औंल्याउनु भयो । विश्वमै बढिरहेको स्वास्थ्य सम्बन्धी चुनौतीहरुलाई मध्यनजर गर्दा आउंदो दिनहरुमा उपचारात्मक प्रणालिलाई मात्र नभएर निरोधात्मक प्रणालिलाई समेत महत्व दिई कार्य गर्नु पर्ने आवश्यकता महशुस गरी सो का लागि नेपाल सरकार गंभिर रुपमा लागेको जानकारी दिनु भयो । देशकै सबैभन्दा ठूलो भनि चिनिएको यस प्रतिष्ठानमा जस्तो अति आवश्यक उपकरण नहुनु दुःखद रहेको र यस्तो अवस्था अब लामो समय सम्म रहि रहन नदिने समेत मन्त्रीज्यूले प्रतिबद्धता ब्यक्त गर्नुभयो । यस अस्पताललाई नेपालकै गौरवको अस्पताल बनाउनका निमित्त वहांले नेपाल सरकारसंग अनुरोध समेत गर्नुभयो । आफ्नो मन्तव्यको अन्त्यमा वहांले दीक्षित हुने विद्यार्थीहरुलाई अन्त कतै नगई स्वदेशमै बसेर राष्ट्रको स्वास्थ्य अवस्थालाई सुदृढ गर्न अनुरोध गर्दै आफ्नो मन्तव्य टुंग्याउनु भयो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित