फागुनन्दको जन्मजयन्ती दुई संस्थाबाट छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि मनाए

धरान । राष्ट्रिय विभुती महागुरु फागुनन्दको १४० औ जन्मजयन्ती धरानमा मनाएको छ । किरात यक्थुङ चुम्लुङ जिल्ला कार्य समितिको आयोजनामा धरान १५ स्थित चुम्लुङ हिममा आइतबार सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाका उप मेयर आइद्र बेघाको प्रमुख आतिथ्यमा भएको हो । उप मयर बेघाले आगामी दिनमा खुला रुपमा जयन्ती मनाउनुपर्ने अवस्था आए स्थानीय सरकारबाट गर्नुपर्ने हो वा के कसरी हुन्छ त्यही अनुरुप मनाउन सकिने बताए । बेघाले आफुले जन्मजयन्तिको सामाजिक संजालमा लगाउदा लिम्बू समुदायबाट नै कमेन्टमा हामी खराने धर्म नमान्ने भनेर लेखेको बताए । विषेश अतिथिमा वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारमको पनि सहभागी थिए । वडा अध्यक्ष इबारमले आगामी दिनमा कार्यक्रम गर्दा हतारो नगरिकन गर्नुपर्ने बताए । खुला रुपमा गर्दा सरसल्लाह गरेर नै कार्यक्रम गर्न सकिने बताए । जस्का लागि भानुचोकमा पनि गर्न सकिने भन्दै आफ्नै भव्य भवन समेत रहेकोमा भवन परिसरमा पनि गर्न सकिने बताए ।

कार्यक्रममा योगेन्द्र पालुङ्बाले फागुनन्दको जीवनी चर्चा गरेका थिए । अधिकांश बोल्ने बक्ताले कोठाभित्र सिमित नरही खुल्ला रुपमा गर्न सुझाब दिएका थिए । साथै राष्ट्रिय विभुती भनिए पनि प्रदेश १ भित्रमात्र सार्वजनिक विदा दिएकोमा देशव्यापी सार्वजनिक हुनुपर्ने आवाज उठान गरे ।

महागुरु फागुनन्दको किरात युमा माङ्हिम धरान १९ ले झाँकी र्‍याली सहित जन्मजयन्ती मनाएको छ । चुम्लुङ हिमममै धरान उपमहानगरका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा महागुरु फागुनन्द र किरात धर्मदर्शन परिचर्चा कार्यक्रमको आयोजना गरिएका थिए ।

जन्मः
वि. सं. १९४२ साल कातिक २५ गते (सन. १८८५ नेभेम्बर ८) आइतवार राती नेपालको पूर्व लिम्बुवान (कोशी प्रदेश) माङसेबुङ गाउँपालिका वडा नं. २, साविक इभाङ–५ चुक्चिनाम्बामा बुबा जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनको कोखबाट साइँला छोराको रूपमा सामान्य किसान परिवारमा महागुरु फाल्गुनन्द लिङदेनको जन्म भयो। महागुरुको जेठी दिदि, जेठा र माहिला दाजुको जन्मपछि आमाबाट जन्मिएका सबै शिशुहरु जिवित रहेनन्। महागुरु जन्मदाँ आमाको स्तनमा घाउखिटरा आएको र जन्मिएको ३–४ घण्टासम्म नरुने, आमाको दूध नचुस्ने हुनाले जिवित रहने आशा झनै थिएन। तर अरुबेलाको भन्दा ठुलो र ३–४ घण्टासम्म जिबित नै रहेपछि भोकले मर्ला भन्ने डरले जबरजस्ती स्तनपान गराउन खोज्दा पनि नमाने पछि चार दिनअघि ब्याएको कालो बाख्राको दूध खुवाएर शिशुको पालनपोषण भयो। सो बालक मिनेट, घण्टा हुदै न्वारनको दिन सम्म पनि केही नभएकोले आमा बाबा, परिवार र छरछिमेकमा समेत हर्ष जागेर आयो। न्वारनको दिन नाम नरध्वज राखिए पनि उनि जन्मनुभन्दा पहिला धरै सन्तान जिवित नरहेकोले फलामे साधन लगाईदिए स्वस्थ्य र दीर्घायु हुन्छ भन्ने त्यस समयको प्रचलन अनुसार बाबाले फलामको चुरा र कल्ली लगाईदिए। फलामको चुरा र कल्ली लगाएको हुनाले उनको नाम “फलामसिं” रहन गयो। उनै फलामसिं नै किरात धर्मका महागुरु महिगुम अंसिमाङ फाल्गुनन्द हुनुभयो।

बाल्यकालः
फलामसिंले आमाको दूध खान नपाउँदै आमा हंसमतिको निधन भयो। अबोध बालक सहित घरव्यवहार चलाउन संकट परेकोले घर–छरछिमेक, इष्टमित्रको करकापमा बाबा जगुनबाजले अर्को विवाह गर्नुभयो। कम बोल्ने, शान्त स्वभावको, एकान्तप्रेमी, मिष्ट–भाषी, हंसिलो, गम्भीर चाल–चलन भएको बालक सानीआमाको रेखदेखमा हुर्कंदै जानुभयो। गरिब खान, लाउन, बस्न दुःख भएको परिवारमा जन्मिएका बालक गाई बाख्रा गोठाला गर्दै वनजंगल, खोलानाला, डाँडाकाँडा चहार्दै ८ वर्षको हुनुभयो।
एकदिन फलामसिंलाई सानीआमाले बुवालाई सातुसामल गोठमा पुर्याउन पठाउनुभयो। चामलसँगै मासु पनि भएको फलामसिंलाई थाहै भएन। चुक्चिनाम्बामा खान, लाउन, बस्न दुःख भएकाले जगुनबाजले पनि माइखोलापारि जितपुरको खत्रक्पा खोल्सीपारि दानाबारीको बोरुङ सहवीरे भन्ने ठाउँमा हिउँदमा गाई गोठ राखेर वस्नुभएको थियो। महागुरुको बाबा गोठ लगेर उतै बस्ने भएकाले समय–समयमा घरबाट सामलतुमल (खाद्यसामग्री) पुर्याउन जानुपथ्र्यो। फलामसिं डोको बोकेर खोला तरिसकेपछि उहाँलाई अचानक ज्वरो आउन थाल्यो । एकैछिनमा शरीरभरि फोकैफोका उठ्यो । हनहनी ज्वरो आयो, बोल्नै नसक्ने हुनुभयो। मुस्किलले गोठमा पुग्दा छोराको त्यस्तो अवस्था देखेर बुवाले आतिन्दै के भयो भनेर सोध्नुभयो। छोराले आँसु खसाउँदै टुलुटुलु हेरि मात्र रहेको देखेर सानीआमाले ८ वर्षका बिरामी छोरालाई वास्ता नै नगरी यत्रो भारी बोकाएर पठाएछ भन्ने सम्झनुभयो। छिमेकीहरूलाई परिस्थिति बुझाएर गोठ हेर्न लगाई छोरा बोकेर घरतिर फर्कनुभयो। श्रीमतीसँग रिसाउँदै छोरा बोकी घर पुग्दा आमाले आश्चर्य जनाउँदै घरबाट बाटो लाग्दा बिराम नभएको कुरा बताउनु भयो। घरबाट हिड्दा केही नभएको छोरा अचानक कसरी यस्तो भयो भनि अत्तालिदै फेदाङमा, बिजुवा लगाउनुभयो। त्यस समय त्यो भन्दा अरु कुनै विकल्प पनि थिएन। चार दिनसम्म फेदाङमा, बिजुवाहरु लगाउँदा पनि बिरामी फलामसिं विहोस नै थिए। विहोस फलामसिंलाई हरेक रात छिमेकीहरु भेला भएर बिरामी रुङ्ने क्रम चलिनै रहेको थियो। चौथो दिन बेलुकीपख गाउँलेहरूले रुँगिराखेको बेला बेहोस अवस्थामा लडिरहेको फलामसिं एक्कासी उठेर जंगलतिर दौडनुभयो। ३–४ जना युवाहरु ८ वर्षिय विरामी बालकको पछि–पछि दौडिए। उहाँ घर नजिकैको जंगलमा पस्नुभयो। हाराउनुभायो। सबै मिलेर भोलिविहान सम्म निरन्तर खोजे तर कतै फेला पारेनन् ।

दिब्य ज्ञान (धार्मिक ज्ञान) प्राप्तः
फलामसिं विरामीले विहोस भएर सुतेको ४ दिन भईसकेको थियो। साँझ पर्न लागको समयमा आफुजस्तै एक दिव्यपुरुष जंगलतिरबाट आएको देखे। फलामसिंलाई अत्यन्तै आकर्षक ढङ्गले आऊ भनि बोलाए। गाउँलेहरूले रुँगीरहेको भएपनि ती पुरुषलाई फलामसिंले बाहेक अरु कसैले पनि देखेनन्। दिब्यपुरुषको आकर्षक बोलाइले गर्दा विहोसी बालक एक्कासी जुरुक्क उठेर ति दिव्यपुरुष भएतिर दौडेर गए। दिब्यपुरुषको पछि पछि जाँदा जंगल हुदैं बिरामी हुनुअघिको खोलाको किनारमा पुग्नुभएछ। त्यसपछि महागुरुलाई दिव्यपुरुषले माइखोलामा नुहाउन लगाए। केहीमाथि खत्रक्पाको खोल्सीमा लगेर लामपाते रुखको फेदमा उभ्याई खुट्टानेर भुँई खोस्रेर सिमीको दाना रोपेजस्तो गरे। त्यो बीउ तत्कालै उम्रेर लहरा भई बालकलाई रुखसँगै चलमलाउन नसक्ने गरी बाँधेपछि त्यो दिव्य पुरुषले बालकलाई प्रश्न गर्न थाले।

दिव्य पुरुषः ‘‘मलाई चिनिस् कि चिनिनस?’’
बालकः ‘‘चिनिन।’’
दिव्य पुरुषः ‘‘अघिल्लो जन्मको कुरा बिर्सिस?’’
बालकः बिर्सें, ‘‘थाहा छैन।’’
दिव्य पुरुषः ‘‘अघिल्लो जन्मको धर्म कर्महरु बिर्सिस?’’
बालकः बिर्सें, ‘‘थाहा छैन।’’
दिव्य पुरुषः ‘‘अघिल्लो जन्ममा लिएकोको भाषा, शिक्षा, लिपी, धर्म सस्कार, सस्कृतीहरु बिर्सिस ?’’
बालकः बिर्सें, ‘‘थाहा छैन।’’
दिव्य पुरुषः ‘‘राम्रो सम्झी, सबै थाहा पाउँछस्।’’
बालकः ‘‘अहँ थाहा पाइन।’’

दिव्य पुरुषः ‘‘मासु बोकेर यो खोलामा किन पसेको? त्यो खानु हुँदैन भन्ने बिर्सिस? (माइखोलातिर औंल्याउँदै) ऊ युमामाङसँग माफी माग’’ भन्दै दिव्य पुरुष त्यही अल्पिए।
फलामसिंले खोलातिर फर्केर माफी माग्दा आफ्नो शरीर नै हल्का हुदै आयो। रुखसँगै बेरिएको लहरा आफै हरायो । शरीरको कम्प, पीडा सबै हराइसकेको थियो । अत्यन्तै आनन्द भयो। मन हलुङ्गो र शान्त भयो। फुर्ती बढेर आयो। केही गरौं–गरौं जस्तो भयो। रुखसंग छुट्टीएर खोलातिर फर्किदा कानमा फेरी दिव्य बाजागाजाहरु (माङबाजा)को ध्वनीले संसार गुञ्जिएको जस्तो हुन थाल्यो। त्यतिकैमा खोलाको बीचबाट सुकिलो आभूषणमा मौलिक गरगहनाले सुसज्जित दिव्यसुन्दरी (युमा साम्माङ वा युमामाङ अर्थात पारुहाङ/सुम्निामा, महादेवी जस्तै थिइन) निस्केर हल्का मुस्कानका साथ आई बालकको शरीरमा सुमसुम्याउँदै बडो सुमधुर स्वरमा धेरैबेर पहिलाको कुराहरु संझाए। हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्नु पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने, शिक्षा, भाषा लिपि, संस्कार तथा मुन्धुमको पुर्नउत्थान गर्नुपर्ने जस्ता कुराको दीब्य ज्योती छोडेर ‘‘तपस्वी गुरु/महागुरु हुन्छौ, अगाडिको सर्तहरु सबै पूरा गर्नु । मैले नै तिमीलाई यहाँ बोलाउन पठाएकी हुँ’’ भनी मुस्कुराउँदै पुनः खोलातर्फ गइन्। त्यतिकैमा आनन्ददायी दिव्य माङबाजाहरु फेरि बज्न थाले। दिव्यस्त्री(युमा माङ)लाई पछ्याउँदै बालक खोलातर्फ बढ्दै जाँदा पानीमा पसी चुर्लुम्म डुब्नुभयो। दिव्यस्त्री त्यही लोप भइन्। बालक निथ्रुक्क भिजेर खोलाबाहिर निस्की दिव्यस्त्री कहाँ गइन् भनेर हेर्दै गर्दा पूनः अद्भूत दृश्य देखा पर्य‍ो। मध्यरात भएपनि दिनको झैं उज्यालो देखियो। आकाशतिरबाट मुन्धुमका ठूल–ठूला मणीरत्न जडित सुनौला अक्षरहरु क्रमैसँग आफुतिर खस्न थाले। आँखै तिर्मिराउने मुन्धुमका मन्त्रहरूले भरिपूर्ण ती अक्षरहरु फलामसिंले दैवीशक्तिले पढ्दै जानुभयो। त्यसले बालकमा धार्मिक ज्ञानको बोध हुँदै गयो। सबै दृश्य सकिएपछि छर्लङ हुनुभयो। सपनाबाट ब्युँझे झैं हुनुभयो। आकाशमा जून ताराहरु मात्र देखिए। रातको जूनेली उज्यालो मात्र पाउँदा बालकलाई सपना हो कि बिपना झैं लाग्यो। त्यो रात मंसिर पूर्णिमाको रात थियो। केहिवेर पछि विस्तारै उज्यालो हुदैं गयो। आफ्नै गोठको वारिपट्टिको जंगलमा छु भन्ने थाहा पाउनुभयो। ज्वरो, विमार र शरीरको फोकाहरु सबै निको भएको पाउँदा महागुरु असाध्ये खुशी हुनुभयो। केही क्षणमा घरबाट खोज्न आउने मानिसहरूसँग भेट भयो। खोज्न आउनेहरूले बालकलाई देखेपछि फेरि भाग्ने हो कि भनेर सबैजनाले वरिपरि घेरा हालेर समाते। बालक मुसुक्क हाँसेर किन समातेको भन्दा उनीहरू छक्क परे। कसरी बिराम निको भयो ? रातभरी कहाँ बस्यो? के गर्यो ? किन भागेर जंगल पसेको? किन यो खोलामा आएको भनेर गाउलेहरूले सोध्न थाले। बालकले सबै बृत्तान्त बताइदिनुभयो। बालकलाई लिएर घरमा पुग्दा छोरा निको भएर हाँस्दै आएको देखेर अचम्म र खुशी हुँदै आमा–बुवाले के भएर यस्तो भयो भनी सोध्दा मासु बोकेर खोला तर्न नहुने रहेछ भन्दै छोटो उत्तर दिनुभयो। खोज्न जानेहरूले अघि फलामसिंले भन्नुभएको सबै कुराहरु दोहो¥याएर आमा–बुवालाई सुनाए। घर आएर पनि वर्षौं घरी–घरी रातको समयमा उनै दिब्य पुरुष लिन आइरहन्थे। खोलामा घाँटी–घाँटी आउने वरफ झैं चिसो हिउँदे पानीमा डुबाएर उनै दिब्यनारी (युमामाङ, पारुहाङ/सुम्निामा) आएर अगाडिका दिब्यउपदेश, मुन्धुमका अक्षहरु देखाइ रहन्थ्यो। आकाशतिरबाट झरेको सुनौलो मुन्धुमको अक्षरहरु पढिसक्दा नसक्दा बालकलाई एक्लै छोडेर सबै अन्र्तध्यान हुन्थे। धेरै पटक मध्यरात कटे पछि अन्र्तध्यान भै जान्थे र अध्यारोमा चार पाउ गर्दै घर आइपुग्नु हुन्थो। कहिलेकाही भगवाने दिएको पुर्व जन्मको सास्ती हो जस्तै लाग्थ्यो। फेरी ति दिब्य पुरुष लिन आउदा सबै विर्षेर रमाउदै जानुहुन्थो। ज्ञान लिनुहुन्थ्यो। त्यसरी, ८ वर्षको उमेरमै महागुरुले आर्जन गरेको ज्ञान नै किरात धर्मको मुल मुन्धुम बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित