याक्थुङ चलचित्र अवार्ड २०८१ आगामि मंसिर १८ गते धरानमा हुने

धरान । याक्थुङ लिम्बु चलचित्रलाई विश्व बजार सम्म पुर्याउने उद्देश्य सहित नेपालमै पहिलो पटक यास्युड सिने अवार्ड-२०८१ आगामी मंसिर १८ गते आयोजना हुने भएको छ ।
आयोजनाबारे शनिवार धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नवीन मेन्याङ्बोले नेपालभरका याकथुङ चलचित्रकर्मीहरु बीच एक-आपसमा याक्थुङ चलचित्र र नेपाली चलचित्रको माखे साङलो बनाउने, याक्थुङ चलचित्रकर्मीहरुले निर्माण गरेको याक्युड र नेपाली चलचित्रहरुको स्तर उन्नती र उत्कृष्टताको लागि अन्तरक्रिया र बहस गर्दै याक्थुङ संस्कृति कला र त्यस क्षेत्रको भित्रको सौन्दर्यतालाई चलचित्रको माध्यमबाट संसारभर चिनाउन चलचित्रकमीहरुलाई संगठित भएको बताए । सोही उद्देश्यले संस्थापना भएको यस संघले अब याक्थुङ चलचित्रहरुको प्रचार प्रसार, बजारीकरण र चलचित्रकर्मीहरुलाई सम्मान हौसला र प्रोत्साहन गर्ने उद्देश्यकोसाथ उहाँहरुले अभिनय निर्माण, निर्देशन गरेको बिभिन्न याकथुङ चलचित्रहरुलाईलाई विश्व बजारसम्म पुर्याउने उद्देश्य सहित नेपालमै पहिलो पटक अवार्डको आयोजना गरेको जानकारी दिए ।

हालका अध्यक्ष मेन्याङ्बोकै कार्यकालमा संघले २०८० असार २ र ३ गते याक्थुङ उत्सब तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०८० आयोजना गरेको थियो। उक्त उत्सवमा याकथुङ सिनेकर्मीहरुलाई अभिनन्दन तथा सम्मान गरिएको थियो। कार्यक्रममा चर्चित सिनेमा नुमाफु‌ङका लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन, लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग सम्मान, लेखक तथा निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुड्‌मा अवार्ड, कलाकार प्रेम सुब्बालाई ‘याक्युङ बरिष्ठ कलाकार’ पदबाट र किशोर सुब्बालाई वरिष्ठ याक्थुङ चलचित्रकर्मी पदवीबाट सुशोभन समानित गरिएको थियो। संघले याकथुङ चलचित्रकर्मीहरुको हक हितमा मात्र नभएर उहाहरुको कलालाई अझ तिखार्दै लैजानको लागी, एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशाला र दुइ बर्ष भित्र लगभग दर्जन बढी कार्यक्रम हरु सम्पन्न गरेको जानकारी दिए ।

चलचित्र अवार्ड आयोजना सम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन । तस्बिर : स्वर्णिम्हाङ लिम्बु

नेपाली चलचित्रको इंतिहास धेरै लामो छैन । त्यसमा पनि जनजाति र भाषि चलचित्र निर्माण भने नेपालमा चलचित्र निर्माण हुन थालेको करिब २०-२२ वर्षपछि अर्थात वि.सं. २०४४ सालमा पहिलो पटक आदिवासी जनजाती चलचित्र निर्माण भएको थियो। त्यहि इंतिहासको साक्षी बनेको याक्युङ भाषाको पहिलो चलचित्र वि.सं. २०५० मा नेपाल टेलिभिजनका लागि तरेवा निर्माण भएको थियो । जस्लाई नविन सुब्बाले निर्देशन गर्नुभएको थियो। नेपाली चलचित्र क्षेत्रमा ईतिहासको साक्षी बनेको मास्युङ भाषाका चलचित्र र चलचित्रकर्मीहरुले नेपाली चलचित्र क्षेत्रलाई दिएको योगदान सहारनीय छ ।

हिजो प्रान्तीय जस्तो देखिने, फरकधार जस्तो देखिने माक्यूड चलचित्रहरु आज सम्म आईपुग्दा धेरै निर्माण भएका छन । यहि बीचबाट कलाको निखारता, विमर्श र प्रयोग मात्रतैन वास्तविकता मौलिक चलचित्रको सम्भावनाको बहसपनि मसले छेडेको उदाहरण स्वरुप चलचित्र ‘जारी’ ब्लकबस्टर बन्नुलाई लिन सकिन्छ। यही योगदान गर्नुहुने यान्युद्ध चलचित्रकर्मीहरु संगठित हुने उद्देश्यले वि.सं. २०७८ सालमा कलाकार तया चलचित्र निर्माता नबिन सुब्बा (मेल्याङवो) को अध्यक्षतामा स्थापना भएको २१ सदस्यीय तदर्थ समिती याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीको स्थापना भएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित