‘किन नेपाली भाषाको नाम खसजुम्ली/गाेर्खा/पर्वते/पहाडिया कायम गर्ने’ विषयमा अन्तरक्रिया,भाषाकाे नामबारे पुनर्विचार गर्नुपर्ने जिकिर

७ नाेभेम्बर, विजयपुर । नेपाली भाषाकाे नामउपर पुनर्विचार गर्नुपर्ने बहस सुरु भएको छ । भाषाकाे नाम सच्याउन र साहित्यकाे परिभाषा गर्नुपर्ने आवश्यकता भएको भन्दै भाषाकाे पुनःनामाङ्कन गर्नुपर्ने अभियन्ताहरू ओैँल्याएका छन् ।

बिहीबार धरानको हाेटल पूर्वी स्टारमा भएको ‘किन नेपाली भाषाको नाम खसजुम्ली/गाेर्खा/पर्वते/पहाडिया कायम गर्ने’ विषयमा अन्तरक्रिया अभियन्ता विश्वासदीप तिगेलाले कार्यपत्र प्रस्तुत गर्दै भाषाकाे नामबारे पुनः बहस गर्नुपर्ने बताए । ‘हामीले बाेलिरहेकाे भाषा खस नेपाली भनिरहेका छाैँ । तर, खासमा खस भाषा आफैं सङ्कटमा छ । हामीले प्रयोग गर्ने भाषा खस जुम्लेलीचाहिँ हाे । याे एउटा प्रकार हाे,’ उनले भने, ‘नेपाल मात्रै नभएर भारत, भुटान र बर्मामा बसाेबास गरिरहने नेपाली भाषीहरूले पनि नामकै कारण सामाजिक राजनीतिक समस्या बेहाेर्नु परिरहेको छ । त्यसैले, पुनः नामाङ्कन गर्नुपर्छ ।’

आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूकेले आयोजना गरेको कार्यक्रममा पत्रकार र कियाचु यूकेका महासचिव समेत रहेका तिगेलाले भाषा आयोगमा नामाङ्कनबारे सुझाव दिनुपर्ने बताए । अन्तरक्रियामा कियाचु नेपालका उपमहासचिव डा. याेगेन्द्र पालुङ्वा, नेपाल आदिवासी जनजाति महासङ्घ धरान अध्यक्ष सुवासचन्द्र हुक्पा चाेङवाङ, आदिवासी जनजाति युवा महासङ्घ धरान अध्यक्ष प्रतापसिङ याेञ्जन तामाङ, सचिव समृत मादेन, लिम्बु विद्यार्थी मञ्चका महासचिव प्रदीप नेयाेङ, कवि पराजित पाेमु, साहित्यकार मणि राई गाेठाले, कवि विशाल नाल्वाे, याक्थुङ युवा मञ्चकी हाङ्मा बेघा, पत्रकार याक्थुङ सा(निश्चल चेम्जोङ) सहभागी थिए ।

कार्यक्रम आयोजक सङ्गठन महासङ्घ यूकेका संयाेजक अमित थेवेले सञ्चालन गरेका थिए । भाषाकै बारे शनिबार पाेखरामा समेत तमु धिं नेपालले अन्तरक्रिया गर्न लागेको तिगेलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित