मुकुम्लुङमा केबुलकार शिलान्यास गर्ने भएपछि झडप,तीन जना घाइते एकजनाको आँखा फुट्यो

ताप्लिजोङ । चन्द्र ढकालको कम्पनिले ताप्लिजोङ जिल्लाको मुकुम्लुङमा केबुलकारको शिलान्यास गर्ने भनिएपछी दुबै पक्ष झडप हुँदा तीनजना घाइते भएका छन ।

कार्तिक २३ गते शिलान्यास गर्ने केबुलकार पक्षले भनेपछी मुकुम्लुङ बचाओ संघर्ष समितिबिच झडप भएको कुरा संघर्ष समितिका अध्यक्ष श्री लिङ्खिमले जानकारी दिए । झडपको क्रममा तीनजना घाइते भएको पनि जानकारी दिए ।

नाङ्गो खुकुरी सहित ताप्लेजुङमा तस्बिर बिष्णु थाम्देन फेसबुक

घाइते हुनेमा नाम नखुलेका संघर्ष समितिको पक्षको एकजनाको हात भाँचिएको जानकारी दिए । त्यसैगरी केबुलकार शिलान्यास गर्ने पक्षको पनि नाम नखुलेको एकजनाको आँखा फुटेको जानकारी दिए । अर्का एकजना सिक्किम स्थाई घर भएका चन्द्र मादेन नाम गरेको ब्यक्तिमाथी खुकुरी प्रहार भएको जानकारी दिए ।
घाइते तिनैजनालाई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको जानकारी दिए । घटनास्थलमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । केबुलकार शिलान्यास बनाउने पक्षलाई फर्काउने काम भैरहेको पनि जानकारी दिए ।

संयुक्त संघर्ष समितिले कार्तिक २२ गते नै बिज्ञपति जारी गर्दै सरकार र केबलकारवालाहरुले मुक्कुमलुङ क्षेत्रमा अर्को मुडभेड, भिडन्त र रक्तापात गर्ने सरकार र केबलकारवालाहरुको योजना थाहा हुन आएको छ भन्दै सार्वजनिक गरेका थिए । भाडाका भिजीलान्तेहरुलाई लिएर केबलकारवालाहरु शसस्त्र प्रहरी र जनपद प्रहरीको सुरक्षा सहित स्थानिय हतियारहरु लिएर यहि कार्तिक २३, २४ र २५ गते तल्लो फेदी काफ्‌लेपाटीमा जाने योजनाले ठुलो भिडन्त र रक्तपात गर्ने स्पष्ट भएको भन्दै बिज्ञप्तिमा आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित